झापा / डेंगु संक्रमणले भयावह स्थिति भएपछि झापाका मुख्य नगर बिर्तामोड, भद्रपुर र अर्जुनधारामा लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ फगिङ छर्किन थालिएको छ । स्थानीय नगरपालिकाले रोगको जड लामखुट्टे नै मारेर सखाप पार्ने उद्देश्यले फगिङ विधिमार्फत विषादी छर्किन थालेको हो । धुवाँ फैलेपछि लामखुट्टे मर्छन् । भद्रपुर नगरपालिकाले बुधबार अपराह्नदेखि बिर्तामोड, अर्जुनधारा र भद्रपुर नगरपालिकाका…