१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संबिधान दिवस: प्रदेश १ मूख्यमन्त्रीको शुभकामना सन्देश, रोजगारी प्रवर्द्धनमा केन्द्रित हुने


३ आश्विन २०७५, बुधबार  

0
Shares

20180919_120416
विराटनगर ३ , असोज / आज संबिधान सभा मार्फत संबिधान जारी भएको तिन बर्ष पुरा गरी चौथो बर्षमा प्रबेश गरेको छ । संबिधान जारी भएको दिनको संझनामा आज नेपाल सरकारले संबिधान दिवस बिबिध कार्यक्रम गरी मनाउँदै छ भने हरेक प्रदेश सरकार र स्थानीय सरकारले पनि कार्यक्रमहरु गर्दैछन् ।
एक नम्बर प्रदेश सरकारले विराटनगरको सहिद रंगशालामा एक भब्य समारोहको आयोजना गरी संविधान दिवस मनाउँदै छ । त्यसको लागि केही दिन अघि देखि नै तयारी तिब्र पारिएको थियो ।
संबिधान दिवसको अवसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताको लामो संघर्ष, वलिदान र प्रतिक्षापछि संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन आज असोज ३ गते चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना दिएका छन् ।
नेपाल अहिले एक महत्वपूर्ण ऐतिहासिक चरणमा रहेको छ । संविधान जारी भएपछि सम्पन्न गर्नु पर्ने स्थानीय, प्रदेश र संघीय निर्वाचन भई तीन वटै तहका सरकार सञ्चालन भइरहेकामा खुसी ब्यक्त गर्दै संवैधानिक र कानूनी व्यवस्था एंव लोकतन्त्रका संरचनालाई थप संस्थागत र सृदृढ गरेर लैजाने विश्वास ब्यक्त गरेका छन् ।
नेपाली जनताबाट जारी संविधानले लामो समयको राजनीतिक द्धन्द्ध र संक्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौम बनाएको शुभकामना सन्देशमा उल्लेख छ । आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा र यसप्रति सबै नेपाली संकल्पित हुने उनको विस्वास छ ।
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दे समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको भन्दै मुख्यमन्त्री राईले राजनीतिक संक्रमणकाल समाप्त भएको वर्तमान अबस्थामा कृषिको आधुनिकीकरण, पर्यटन, वातावरण संरक्षण, पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रर्वद्धनमा प्रदेश सरकार केन्द्रित रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  ६ : २० बजे