१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संविधान दिवस: गाैरादहमा प्रभातफेरि


३ आश्विन २०७५, बुधबार  

0
Shares

1de8619937b6c7b6dc3551fe1fdae152.0
युबराज रेग्मी , गाैरादह ३,असोज / संंविधान दिवसको अबसर पारेर आज गौरादह नगरपालिकाले प्रभातफेरि तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नगर परिसरबाट बाजागाजासहित निस्किएको प्रभातफेरिमा नगर प्रमुख, उप-प्रमुख , वडा अध्यक्षहरु , वडा सदस्यहरु , भिभिन्न संघ सस्थाका प्रतिनिधिहरु , गौरादह कृषि क्याम्पसका बिध्यार्थीसहित आम नगरबासीहरुको सहभागिता रहेको थियो । प्रभातफेरि डिपु चोक गौरादह बजार हुँदै पुन: नगर परिसरमा आएर सभामा रुपान्तरण भएको थियो । कार्यक्रममा सुभकामना मन्तब्य राख्दै नेपाली काङ्ग्रेस छेत्रीय सचिब सुर्यभक्त सिटौलाले यो सम्बिधान जारी गर्नुमा पुर्ब प्रधानमन्त्री स्व. सुशील कोइरालाको मुख्य योगदानको चर्चा गर्नुभयो । साथै एकातिर सम्बिधानको उत्सब मनाइरहदा देशकै केही भागमा भने बिरोधका आवाजहरु पनि सुनिनु दुखदायी भएको जिकिर गर्नु भयो । सुभकामना मन्तब्यकै क्रममा नेकपा गौरादह नगर अध्यक्ष मित्र देब काफ्लेले सम्बिधान भनेको परिबर्तनसिल दस्ताबेज भएकोले यसलाई समय र जनचाहना अनुरुप आवश्यक परिबर्तन गर्दै लैजान आवस्यक रहेको र यसै सम्बिधानको आडमा रहेर देशमा ऐतिहासिक स्थानिय र केन्दद्रिय तहको निर्बाचन सफल भएकोले यसलाई सस्थागत गर्नेे तर्फ सबै एकजुट भइ लाग्नुपर्ने कुरामा जोड दिनुभयो । मन्तब्यकै क्रममा नगर उप- प्रमुख गिता भेट्वालले सम्बिधान तथा ब्यबहारिक कृयाकलापमा गल्ती कमजोरी हुने गरेकोले त्यसलाई सुधारगर्दै लानका निमित्त सबैको साथ र सहयोग आवश्यक रहेको अबगत गराउनुभयो । कार्यक्रमका सभापती तथा नगरप्रमुख श्री रोहित कुमार साहले सम्बिधानको जगेर्ना गर्दै समुन्नत र दिगोबिकास तर्फ अघि बड्नुपर्ने धारणा सहित नगरबासिका निमित्त जारी सुभकामना बाचन समेत गर्नु भएको थियो । कार्यक्रमका सन्चालक वडा न १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता नगेन्द्र भन्डारीले आज बेलुका नगर भित्रका सम्पुर्ण वडा र घर घरमा दिपावली गर्न नगरको अनुरोध रहेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  ७ : १६ बजे