११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

चालकको आन्दोलनका कारण देशभरको यातायात ठप्प


३ आश्विन २०७५, बुधबार  

0
Shares

yatayat_26
गाैरीगंज ३, असोज / नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण देशभर सार्वजनिक यातायात ठप्प भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक सवारी चलाउँने चालकहरुले मंगलवारदेखि सवारी नचलाउने घोषणा गरेका हुन् । ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकले माग पूरा नभए सम्म यातायात नचलाएर सहयोग गर्न देशभरका सवारी चालकहरुसँग आग्रह गरेको छ । समितिका केन्द्रिय संयोजक बसन्त शर्माले सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको वर्तमान कानुन सरकारले संशोधन नगरेसम्म आफूहरुले सवारी नचलाउने बताए ।
वर्तमान ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्म कैद सम्मको फैसला गर्ने व्यवस्था गरेको प्रति असन्तुष्ट रहेको भन्दै संयोजक शर्माले तत्काल उक्त कानुन सच्याउन माग समेत गरे । समितिका सह–संयोजक अर्जुन अधिकारीले गाडी चलाउनेहरुलाई कुनै अवरोध नगरिने भन्दै आँफूहरुको आन्दोलन आफ्नैं लागि भएकाले सोचेर कदम चाल्न चालकहरुलाई आग्रह गरे । आन्दोलनका नाममा सडकमा उत्रने तथा जर्वजस्ती सवारी बन्द गर्न लगाउँने आँफूहरुको कार्यक्रम नरहेको पनि उनले स्पष्ट पारे ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  ३ : ३९ बजे