१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जनसेवा सहकारी गाैरीगंजकाे साधारणसभा सम्पन्न , साधारणसभामा ४ जना सम्मानित


३ आश्विन २०७५, बुधबार  

0
Shares

20180919_124343

गाैरीगंज ३ , असाेज/ जनसेवा बचत तथा ऋण सहकारी संस्था गाैरीगंजकाे ११ अाैं बार्षिक साधारणसभा अाज सम्पन्न भएकाे छ ।

संस्थाले अाफ्नाे ११ अाैं बार्षिक साधारणसभाकाे अवसर पारेर ४ जनालाई सम्मानसमेत गरेकाे छ । सम्मानित हुनेहरूमा संस्थाकाे असल वचतकर्तामा सिताराम राैनियार, असल ऋणीमा धर्मनारायण गिरी, उत्कृष्ट शेयर सदस्यमा जमुनालाल राजवंशी र सीई परिक्षामा उत्कृष्ट अंक ल्याउने (शेयर सदस्यमध्येका छाेरा छाेरी ) हिमानी रिमाललाई संस्थाले सम्मान गरेेेकाे हाे ।

कार्यक्रममा संचालक समितिकाे तर्फबाट अध्यक्ष कर्मा शेर्पाले अार्थिक वर्ष २०७४/७५ काे कार्य प्रगति विवरण र अार्थिक प्रतिवेदन,२०७५/७६ काे प्रस्तावित नीति तथा कार्यक्रम, अनुमानित बजेट प्रस्तुत गरेका थिए । संस्थाले यस अार्थिक वर्षमा कृषि ऋण,व्यापारिक ऋण, घरायसी ऋण, जमानीऋण, भवन निर्माण ऋण, जनसेवा उधमशील ऋण, कर्मचारी ऋण, अाेडि ऋणमा गरि १ कराेड ४७ लाख ७८ हजार पाँच सय ८१ रूपैयाँ ऋण लगानी गरेकाेे छ भने अार्थिक वर्ष २०७५/७६ मा १ कराेड ९० लाख रूपैयाँ ऋण लगानी गर्ने संस्थाकाे लक्ष्य रहेकाे छ ।
संस्थाकाे अार्थिक वर्ष २०७५ अषाड मसान्तसम्ममा कुल सम्पतिमा ५३.०३ प्रतिशतले वृद्धि भई १ कराेड ९५ लाख ७८ हजार ८ सय ६४ रूपैयाँ पुगेकाे छ ।
संस्थाले उपलब्ध गराएकाे अाय व्यय विवरण अनुसार गत १ वर्षमा कुल नाफा १ लाख ८९ हजार ४ सय १५ रूपैयाँ कमाएकाे छ ।
संस्थाका अध्यक्ष कर्मा शेर्पा अनुसार संस्थाले विभिन्न बचत याेजना ल्याएकाे छ । संस्थाले दैनिक बचत, साधारण बचत, जनसेवा बचत, मासिक बचत ५ वर्षे, बाल बचत, अावधिक १ वर्षे, अावधिक ७ वर्षे, अावधिक २ वर्षे, कर्जा बचत, मासिक बचत २ वर्षे बचत याेजना ल्याएकाे छ ।
त्यसैगरी संस्थाले घरम‌ै बसी माेबाईलबाट एनसीएल, एनटीसी, डीस हाेम बील, टेलीफाेन बील, ईन्टरनेट बील, बिजुली बीलकाे भुत्तान गर्ने सुविधा दिएकाे छ । त्यसैगरी लेखा समितिका संयाेजक प्रकाश चन्द्र राजवंशीले अार्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाकाे कुल चुक्त्ता शेयर पूजी ३२ लाख ५७ हजार २ सय रूपैयाँ रहेकाे छ । साविक गाैरीगंज, जुराेपानी, काेराेवारी,खजुरगाछी, तथा काेहबारा गाविसमा कार्यक्षेत्र रहेकाे संस्थामा कुल सदस्य संख्या १ हजार २ सय २५ जना रहेका छन् । विस २०६३ सालमा स्थापना भएकाे याे संस्थाबाट ऋण लिएका सदस्यमध्ये बारम्बार ताकेता तथा सुचना गरे पनि संस्थालाई अटेर गर्ने २६ जना ऋणीलाई कालाेसुचीमा राखी नामावली प्रकासन गरिएकाे छ ।
ऋण उपसमितिका संयाेजक भिमलाल राजवंशीले स्वागत गरेकाे कार्यक्रममा संस्थाका उपाध्यक्ष घनश्याम गाैतमले कार्यक्रम सञ्चालन गरेका थिए ।
20180919_124329

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  ९ : २५ बजे