१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रंगेली नगरपालिकाका केही जनप्रतिनिधीद्धारा कार्यपालिका बैठक बहिस्कार


३ आश्विन २०७५, बुधबार  

0
Shares

rangeli-Nagar-palika
रंगेली ३, असोज /
मोेरङको रंगेली नगरपालीकाका मेयर दिलीप बगडियाले बहुमतको आधारमा एकलौटी रुपमा काम गरेको भन्दै नेपाली काग्रेसबाट विजय भएका स्थानिय जनप्रतिनिधीहरुले कार्यपालिका बैठक बहिस्कार गरेका छन् । उनीहरुले नगरपालिकामा बसेको स्थानिय राजश्व सम्बन्धी बैठक बहिस्कार गरेका हुन् ।रंगेली नगरपालीका वार्ड नं.३ का वडा अध्यक्ष घनश्याम पनेरुले ३ दिनअघि बैठक बोलाउनुपर्ने लिखित निर्णय भए पनि आफुखुशी नियम मिचेर पत्रचार गरी अघि बढेकाले बैठकमा उपस्थिति नभई बहिस्कार गरेको बताए । नगर कार्यपालीकामा नेपाली काग्रेसबाट तिन जना वडा अध्यक्षसहित ७ जना जनप्रतिनिधि छन् । रंगेली वडा नं.२ का वडा अध्यक्ष जितनारायण खवासले मेयरले नेपाली काग्रेस विजय भएका वडाहरुमा बजेट बाँडफाँडमा पक्षपात गरेको जानकारी दिए । उनले थप बजेटमा मेयर बगडीयाले कुनै वाडमा १९ लाखसम्म थप बजेट दिएको र कुनै वाडमा ९५ हजार रुपैयाँ मात्र बजेट दिएर भेदभावपूर्ण व्यवहार गर्ने गरेको गुनासो गरे ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  ३ : ३३ बजे