बिर्तामोड, २८ पुस / कोच राजवंशी समुदायले पुस २९ गते मंगलबार मनाउन लागेको ‘राष्ट्रिय भाक्का दिवस’ कार्यक्रमको तयारी पूरा भएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा पुस २९ गते झापाको बिर्तामोडमा बृहत्त साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाइँदैछ । कार्यक्रमको लागि मञ्च व्यवस्थापन, अतिथि निमन्त्रणा, साँस्कृतिक टोलीहरुको तयारी, भाक्काको विभिन्न परिकारको…