११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

म्याद गुज्रिएको विषादीयुत्त गहुँकाे बीउ बेच्नलाई धाेई पखाली घाममा सुकाईरहेकाे अवस्थामा फेेेेला पर्याे


२८ बैशाख २०७७, आइतबार  

0
Shares

20200510_174515
गाैरीगंज २८, बैशाख / म्याद गुज्रेकाे उन्नतजातकाे गहुँकाे बीउ वेचविखन गर्ने उदेश्यले घरमा राखिएकाे अवस्थामा फेला परेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थायी घर भएका रविन पाैद्वारले म्याद नाघेकाे करिब २ सय ८० केजी (७ मन) उन्नत जातकाे गहुँकाे बीउ आज विहान धाेई पखाली घाममा सुकाईरहेकाे अवस्थामा फेला परेकाे हाे ।
साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडकाे म्याद गुज्रेकाे उन्नत जातकाे बीउ फेला परेकाे उद्योग वाणिाज्य संघ गाैरीगंजका अध्यक्ष तथा वडा नं. ३ का अध्यक्ष मखना महताेले जानकारी गराएका छन् ।

20200510_174553

फेला पारिएकाे उत्त सुधारिएकाे गहुँकाे ट्यागमा सुरक्षित रूपमा भण्डारण गरे गहुँकाे प्रमाणिकरण म्याद बढीमा एक बालीसम्म रहने लेखिएकाे छ । गहुँ बाली लगाउने समय कार्तिक/ मंसिर महिना हाे । गहुँकाे बाेरामा राखिएकाे ट्याग अनुसार उत्त गहुँ विषालु आैषधीबाट उपाचार गरिएकाे र गहुँकाे प्रमाणिकरण बढीमा एक बालीसम्म रहने हुदाँ म्याद गुज्रिसकेकाे हाे ।

तर धान,चामल र गहुँ किनबेच गर्ने स्थानिय व्यापारी पाैद्वारले ८ क्वीन्टल उत्त गहुँकाे बीउ अर्का स्थानिय व्यापारी गाैरीगंज गाउँपालिका वार्ड नं. ३ घर भएका पाण्डब झासंग ६ / ७ दिन अघि किनेका थिए । म्याद गुज्रिएको गहुँ हाे भनी थाहा पाउँदा पाउदै किन उनले व्यापारी झासंग १ हजार रूपैयाँ मनकाे दरले खरिद गरे ? जिज्ञासा राख्दा पाैद्वार भन्छन् – गहुँकाे बीउकाे म्याद गुज्रिएकाेले धाेई पखाली सुकाएर राख्न खाेजेकाे हाे, बेच्नलाई हाेईन ।
हालकाे सुद्व गहुँकाे चलनचल्तीकाे बजार मुल्य १४ सय रूपैयाँ मन (४० केजी) हाे ।
20200510_174537

उत्त बीउ विजनका लागि ल्याईएकाे विषादीयुत्त गहुँलाई धाेई पखाली घाममा सुकाएर तयार पारी उत्त गहुँ अन्य साना व्यापारीहरूलाई पाैद्वारले बेच्ने गरेकाे स्थानियबासीहरूले आराेप लगाएका छन् ।
बजारमा गहुँको आटा (पिठाे) बेच्ने खुद्रा साना व्यापारीहरूले रविनसंग साेही गहुँ खरिद गरि लाने गरेकाे बताईन्छ ।

कृषकलाई बेच्न ल्याईएकाे गहुँकाे बीउ याे सिजनमा नबिकेपछि व्यापारी पाण्डबले हालकाे गहुँकाे मूल्य भन्दा कम दररेटमा पाैद्वारलाई बेचेकाे व्यापारी झाले स्वीकार गरे ।
‘मैले गहुँ बाली लगाउने सिजनमै ल्याए अलि अलि ७/८ बाेरा बचेकाे थियाे त्यहि गहुँ बेचेकाे हाे,’ व्यापारी झाले भने ।’
विउकाे गहुँ धाेई पखाली घाममा सुकाए भने अन्य खानलायक शुद्व गहुँ जस्ताे देखिन्छ, एक स्थानियले भने – तर धाेए पनि विषादी पाखालेर नजाने भएकाेले खान नहुने गहुँ हामी उपभोक्तालाई बेचिरहेकाे पाईएकाेले उत्त व्यापारीलाई सशक्त कार्वाही हुनुपर्छ ।
फेला पारिएकाे उत्त म्याद गुज्रिएको गहुँकाे बीउ हाल वार्ड नं. ३ काे कार्यालयमा स्थानिय प्रहरीकाे राेहवरमा राखिएकाे छ ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराईले यसबारे माथिल्लाे निकायलाई जानकारी गराई सकिएकाेले के कार्वाही हुने विषयमा अहिले भन्न नसिकने बताए ।
20200510_174526

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  २ : ०७ बजे