१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाबाट आयाे कडा निर्णय, अतिआवश्यक बाहेक सबै सवारी पास खारेज


२६ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200501_193651

गाैरीगंज २६, बैशाख / गाैरीगंज गाउँपालिकाबाट जारी भएकाे सवारी साधनकाे पास आज रातकाे १२ बजेदेखि खारेज हुने भएकाे छ ।
गाउँपालिकामा अाज बसेकाे सर्वदलिय बैठकले साे निर्णय गरेकाे हाे ।
बैठकले गाैरीगंज गाउँपालिका क्षेत्रमा रहेका खाद्यान्न पसल र साग सब्जी विक्री वितरण विहान ८ बजेदेखि ११ बजेसम्म खुल्ला राख्ने निर्णय गरेकाे छ । तर हार्डवेयर पसल अर्काे निर्णय नहुन्जेलसम्म हार्डवेयर पसल पुर्णरूपमा बन्द राख्ने बैठकमा निर्णय भएकाे छ ।
वैठकमा सागसब्जी पसलकाे हकमा वडा कार्यालय एवं उद्योग वाणिज्य संघ समेतले क्षेत्र ताेकी भिडभाड नगरी सामाजिक दुरी कायम गरि सञ्चालन गर्न र खाद्यान्न तथा सागसब्जी पसल व्यवस्थापन गर्न हरेक वडा कार्यालयमा ६/६ जना स्वयंसेवककाे व्यवस्था गर्ने निर्णय गरेकाे छ ।

साथै सार्वदलिय वैठकले गाउँपालिकाले उपलब्ध गराउने दाेस्राे चरणकाे राहत निम्न प्रकारकाे वितरण गर्ने निर्णय गरेकाे छ ।
४ जना सम्मकाे परिवारलाई १० केजी चामल, १ केजी नुन, १ केजी दाल, १ लिटर तेल , ६ जनासम्मकाे परिवारलाई १५ केजी चामल, १ केजी नुन, १ केजी दाल, १ लिटर तेल र ६ जना माथि सम्मकाे परिवारलाई २० केजी चामल, १ केजी नुन, १ केजी दाल, १ लिटर तेल विपन्न परिवारलाई वितरण गर्ने बैठकले निर्णय गरेकाे छ ।

साथै अन्य निर्णयहरू यसप्रकारका छन् ।

20200508_163425

20200508_163922

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १० : ५७ बजे