१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा खाद्यान्न पसल विहान ७ देखि १० बजे खुल्ने, थोक विक्रेताले असली विल नदिएको गुनासो


४ जेष्ठ २०७७, आइतबार  

0
Shares

bb

गौरीगंज ४, जेठ / झापा उद्योग वाणिज्य संघ गौरीगंजले किराना पसलहरु अर्को निर्णय नहुञ्जेलसम्मका लागि विहान ७ बजेदेखि १० बजेसम्म खोल्न पाउने निर्णय गरेको छ ।
संघका अध्यक्ष मखना महतोको अध्यक्षतामा आज बसेको वैठकले पसलेहरुलाई अतिरित्त १ घण्टा थप गरी ११ बजेसम्म पसल पुर्णरुपमा बन्द गरिसक्नु पर्ने निर्णय गरेको हो ।
समितिले पसलमा हात धुने साबुन पानी र सेनिटाइजरको अनिवार्य व्यवस्था गर्नु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, विक्रि गर्ने सामानको मूल्यसूची अनिवार्य राख्नुपर्ने यस अघि निर्णय गरिसकेको छ ।
उत्त निर्णयहरु पालना नगरेको पाइएमा प्रथम पटकमा ५ हजार रुपैयाँ, दोस्रो पटक निर्णय पालना नगरेको पाइएमा १० हजार रुपैयाँ र तेस्रो पटक निर्णय पालना नगरेको पाइएमा २० हजार रुपैयाँसहित पसल सिल गर्ने निर्णय गरिएको वार्ड नं. ३ का अध्यक्षसमेत रहेका उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष महतोले बताए ।
कुनै पनि व्यापारीले कृतिम अभाव सिर्जना गरी उपभोक्ताबाट बढी मुल्यमा सामान विक्री वितरण गरिएको पाइएमा कडा भन्दा कडा कार्यवाही गर्ने वाणिज्य संघ प्रतिवद्व रहेको उनले बताए ।
उद्योग वाणिज्य संघले गौरीगंज गापासंग समन्वय गरी निर्माण सामग्रीको मुल्यसमेत तोकी सोही अनुसारको विक्री वितरण गर्ने समेत निर्णय गरेको छ ।
संघले जस्तापाताको मुल्य इकाईमा हार्डवेयर व्यापारीले डिलरको दरबाट छुट प्रतिशत घटाई भाडासमेत ७ प्रतिशत मुनाफा लिने, रडको सबन्धमा खरिद दरबाट १ केजी भाडासमिेत रु ३ रुपौयाँ मुनाफा गरी विक्री गर्ने, सिमेन्टको खरिद दरबाट भाडासमेत प्रति बोरा ४० रुपैयाँ मुनाफा लिई मात्र विक्री वितरण गर्न पाउने निर्णय गरेको छ ।

व्यापारीलाई असली विल नदिएको गुनासो
नेपाल सरकारले कोरोना भाइरसको जोखिमलाई रोकथाम र नियन्त्रणका लागि घोषणा गरेको लकडाउन भरि थोक विक्रेताहरुले खरिद गरेको सामानको असली विल नदिने गरेको पाइएको छ ।
गौरीगंज गाउँपालिका भित्रका वाणिज्य संघसंग आवद्व करिब ३ सय साना तथा ठुला व्यापारीहरु मध्ये लकडाउनमा खाद्यान्न तथा हार्डवेयर विक्रेताहरुलाई सामान खरिद गरेको भ्याट विलसहति असली विल थोक विक्रेताहरुले नदिएको पाइएको हो ।
नाम उल्लेख नगर्न भन्दै एक खाद्यान्न व्यापारीले भिडभाडको समयमा थोक विक्रेताहरुले सानो रफ कागजमा सामानको मुल्यसहति चिट जस्तै दिई रकम लाने गरेको बताए ।
उनले थोक विक्रेतासंग विल माग्दा आफुलाई हतार भएको भन्दै छल्नेसमेत गरेको गुनासो गरे । उनले थोक विक्रेताले असली विल माग्दा समेत नदिएपछि आफु जरिवानामा पो परिन्छ कि भन्ने डरले सताएको बताए । खाद्यान्न पसलमा दाल, चामल, चिनी, चना, आटा, तेल, मसला, विस्कुट, भुजिया, मटरलगायतका सामानहरु विक्री वितरण गर्ने गरिन्छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  २ : १३ बजे