काठमाडौं २४, पुस / नेपाल आदिवासी जनजाति महासंघले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न माग गरेको छ । महासंघले आइतबार सभामुख ओनसरी घर्ती मगरलाई ज्ञापन पत्र बुझाउँदै सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न ध्यानाकर्षण गराएको हो । संविधान संशोधन प्रस्तावले आदिवासी जनजातिहरुको अधिकार, सवाल, चाहना र मागलाई सम्बोधन नगरेकाले…