१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

निर्मलाका निम्ति न्याय माग्दै दमकमा प्रदर्शन


३० भाद्र २०७५, शनिबार  

0
Shares

41773975_2026903377333802_2966621704773697536_n-620x330
दमक ३०,भदौ /
कञ्चनपुरकी बालीका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा संलग्न पक्राउ पर्न नसकेकोमा दबाब दिनको लागिि दमकमा आज दबाब कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नागरिकहरुको स्वतस्फुर्त सहभागीता रहेको थियो ।
चौतर्फि
बिरोध हुँदा पनि घटनामा संलग्नलाई अहिले सम्म सरकारले पक्रउ गर्न नसकेको भन्दै निर्मलाका निम्ति न्याय नामक कार्यक्रम गरिएको आयोजक युथ नेटवर्क दमकका सल्लाहकार मोहन ढुंगाना (मेचि पुत्र) ले जानकारी दिनुभयो ।
आफुहरुको आन्दोलन सरकारको बिरोध र प्रतिपक्षिको समर्थनमा भन्दा पनि बलात्कार पछि हत्या गरिएको बालीकाको न्यायकोलागी भएको नेटवर्कका अर्का सल्लाहकार गोविन्दराज कट्टृलले बताउनु भयो । घटना भएको ५० दिन बितिसक्दा पनि दोषीको पहिचान गर्न नसकेको प्रहरी प्रशासन र सरकारलाई खबरदारि गर्न उक्त प्रदर्शन हुन लागेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  ९ : ५४ बजे