१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अपांगता भएका व्यक्ति र ६० बर्ष कम उमेरका विधवाकाे सामाजिक सुरक्षा भत्ताकाे रकम कटाैती हुने


७ श्रावण २०७७, बुधबार  

0
Shares

20200722_085855

गाैरीगंज ७, साउन/ साठ्ठी बर्ष कम उमेर भएका विधवा र अति अशक्त अपांगता भएका व्यक्तिहरूकाे सामाजिक सुरक्षा भत्ताकाे परिचयपत्र नविकरण नहुने भएकाे छ ।
साठ्ठी बर्ष कम उमेरका विधवा र अति अशक्त अपांगता भएका लाभग्राहीहरूकाे परिचयपत्र नविकरण नहुनेभएपछि उनीहरूले खाईपाई आएकाे सामाजिक सुरक्षा भत्ताकाे रकम कटाैती हुने भएकाे हाे ।
सुरक्षा नियमावली २०७६ काे नियम ९ अनुसार सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्नु पर्ने व्यवस्था भए बमाेजिम सरकारले स्थानिय तहहरूलाई यहि अार्थिक वर्षकाे साउन महिना देखि ६० वर्ष कम उमेर भएका विधवा र अति अशक्त अपांगता भएका व्यक्तिहरूकाे नयाँ दर्ता र नविकरण कार्य अर्काे सुचना नअाउञ्जेलसम्मका लागि स्थगित गर्न परिपत्र जारी गरेकाे छ ।

त्यसैगरी सरकारले कुनैरूपले नियमित पारिश्रमिक, निवृतिभरण, अवकाश सुविधा एवं अन्य सुविधा पाउने व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ताकाे रकम नपाउने भएका छन् ।
मिति २०७७ साल असार १७ गते मन्त्रीस्तरीय बैठकबाट त्यस प्रकारकाे लाभग्राहीले सरकारबाट दाेहाेराे सेवा सुविधा नपाउने निर्णय भएकाे हाे ।
विदेशी सरकारबाट नियमित रूपले निवृत्तिभरण प्राप्त गरिरहेकाे नेपाली नागरिकलाई समेत सामाजिक सुरक्षा भत्ता प्रदान गर्न नमिल्ने सरकारले निर्णय गरेकाे छ ।

20200722_093450

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ३ : ५७ बजे