१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजबाट काठमाडौसम्म नयाँ माईक्रो यातायात सेवा शुरू


३१ भाद्र २०७५, आइतबार  

0
Shares

20180916_161644

गाैरीगंज ३१, भदाै / झापाकाे गाैरीगंजबाट काठमाडौंसम्म जाने सुविधायुक्त माईक्रो यातायात सेवा शुरू हुने भएकाे छ । विश्व प्रख्यात कम्पनी टाटा उत्पादित व्रान्डकाे माईक्राे सेवा गाैरीगंजबाट असाेजकाे पहिलाे हप्तादेखि सञ्चालनमा अाउने भएकाे हाे । फुल एसी, फ्री वाईफाई र अारामदाई फाेल्डिङ सिट भएकाे गाैरीगंजबाट गाैरादह, दमक, इटहरी, कञ्चनपुर, लाहान, ढल्केवर,बर्दिवास खुरकुर्ट, सिन्धुली हुँदै काेटेश्वर नयाँ बस पार्क काठमाडौसम्मकाे यातायात सेवा दिईने प्रालीका प्राेपाईटर प्रकाश चन्द्र राजवंशीले जानकारी दिए । गाैरीगंज डिलक्स यातायात प्राली गाैरीगंजद्वारा सञ्चालित टाटा एसी हायस माईक्रो सेवाकाे टिकट बुकिङका लागि तलकाे सम्पर्क नं मा फाेनगरी अाफ्नाे सिट सुरक्षित गर्न सक्नु हुने छ ।

सम्पर्क : ९८०४९३६३८२ (प्रकाश राजवंशी)
९८४२६४४९३९ (लाले राजवंशी)
९८०६०४८५५६ ( अात्माराम राजवंशी)

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतबार  १० : ३४ बजे