१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चाडपर्व नजिकिदै गर्दा थप सुरक्षा चुनौती , प्रहरी प्रमुख भन्छन : साधन स्रोतको अभाब !


३० भाद्र २०७५, शनिबार  

0
Shares

9d2a7584884dd7a540b3f64d35d46062.0

गाैरादह ३०, भदाै / चाडपर्बमा सुरक्षा चुनौती थपिने हुदा नागरिकसंग सहकार्य गर्न आज इलाका प्रहरी कार्यालय गौरादहमा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय दमकको सहजिकरणमा आयोजित कार्यक्रममा दमक प्रहरी प्रमुख प्रनाउ श्यामल कुमार सुब्बाले नागरिकहरुले राखेका सुझाब संकलन तथा जिज्ञासाको जबाफ दिएका थिए ।
चाडपर्व नजिकिदैजादा थप सुरक्षा चुनौती थपिने र हालसालै घटेका घटनामा लागुपदार्थ तथा दुर्ब्यसनमा लागेका ब्यक्तिहरुनै सम्लग्न रहेको पाइएकोले त्यस्ता कार्यलाइ दुरुत्साहन गर्ने तथा रोकथाम गर्ने उपायको बारेमा छलफल केन्द्रीत रहेको थियो । छलफल कार्यक्रममा अधिकांंस नागरिकले गौरादह क्षेत्र र गौरिगन्ज भारतको सिमाना नजिक रहेकोले खुल्ला नाकाका कारण निर्बाद रुपमा भारतियहरु नेपाल प्रवेस गर्ने र यहाको अवस्थाको बारेमा बुझि आपराधिक कृयाकलाप गर्ने हबको रुपमा अपराधीहरुले प्रयोग गर्दै आएकोले भारतिय नम्बर प्लेट प्रयाेग गरि भित्रीने सबारी साधानको रेकर्ड राख्न आवश्यक रहेको तथा कुन कामका लागि आएको हो भन्ने कुरा स्पस्ट खुलाइ सिमा प्रबेस स्थलमै कडाइ गर्नु आवश्यक रहेको जानकारी गराए । जिज्ञासाको जबाफ दिदै दमक प्रहरी प्रमुख सुब्बाले सुरक्षाका लागि प्रहरीहरु हरतरह लागिपरेको र मुख्य समस्या आवश्यक दरबन्दी र सबारी साधनको कमी भएकोले चुस्त दुरुस्त तबरले सुरक्षा प्रदान गर्नमा कठिनाइ आइपरेको जानकारी गराएका छन । इलाका प्रहरी कार्यालय गौरादह परिसरमा आयोजित कार्यक्रमको सभापतित्व जेस्ठ नागरिक मन्च गौरादहका अध्यक्ष श्री गोपाल काफ्लेले गर्नु भएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय प्रमुख प्रसानि बिनोद श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  ६ : ३५ बजे