११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंजमा रबर वाेटकाे परिक्षण


३० भाद्र २०७५, शनिबार  

0
Shares

20180915_130549
गाैरीगंज३०, भदाै / झापाकाे गाैरीगंज गाउँपालिकामा अाज विपत्त व्यवस्थापनका लागि रबर बाेट परिक्षण गरिएकाे छ । जिल्ला सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक राेशन कुमार थक्सुकाे नेतृत्वमा अाएकाे प्राविधिक टाेलीले बाढी विपत्त व्यवस्थापनमा सहयाेग पुग्ने उधेश्यले किस्ने खाेलामा परिक्षण गराईएकाे थियाे । गाैरीगंज गाउँपालिकाकाे ७ लाख रूपैयाँकाे रकमबाट खरिद गरिएकाे रबर बाेट गाैरीगंज सशस्त्र प्रहरी बललाई परिक्षण पश्चात् हस्तान्तरण गरिएकाे हाे । गाैरीगंज गाउँ पालिका अध्यक्ष बाबुराजा श्रेष्ठले रबर बाेटबाट बर्षायाममा खाेला नालामा डुब्न लागेका मानिसहरूकाे ज्यान जाेखिमबाट बच्नलाई सहयाेग पुर्याउने बताए । उहाँले बाेट हाक्ने सक्षम जनशक्तिकाे उत्पादनका लागि स्थानिय सुरक्षा निकायसँग समन्वय गरि गरिने बताए । प्ररिक्षणका लागि जिल्ला विपत्त व्यवस्थापनकाे ६ जना प्राविधिक टाेलीले परिक्षण पश्चात् बाेट हाक्ने अभ्यास गराईएकाे थियाे । विपत्त व्यवस्थापनका लागि जिल्लामा १० जनाकाे प्राविधिक टाेलीकाे व्यवस्था रहेकाे प्रहरी उपरिक्षक राेशन कुमार थक्सुले बताए । स्थानिय तहमा बाेट हाक्ने प्राविधिक जनशक्ति नभएकाे बताउदै विपत्तका बेला जिल्लाबाटै टाेली खटिने बताए । विपत्तका लागि स्थानिय तहबाट तालिम दिई जनशक्ति राख्नु पर्ने बताए ।
गाउँपालिकाका प्रशासकिय अधिकृत राजकुमार शाक्य, वार्ड नं २ का अध्यक्ष अग्नु राजवंशी, ४ नं वडा अध्यक्ष कुल प्रसाद गिरी, कार्यपालिका सदस्य राधा अधिकार, सरिता शेर्पा, सशस्त्र प्रहरी बल गाैरीगंजका प्रहरी निरीक्षक दिपक खड्का, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेललगायतकाे उपस्थिति थियाे । रबर बाेटमा पाइडल, हेल्मेट , लाइफ ज्याकेट लगाउने तरिका र बाेट हाक्ने सीप समेत सिकाईएकाे थियाे ।

20180915_132810

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  ९ : ४३ बजे