१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विपिकाे विचार र दर्शनबारे चर्चा


३० भाद्र २०७५, शनिबार  

0
Shares

20180915_180445

गाैरादह ३०,भदौ / नेपाली कांग्रेस गौरादह नगर समितिले १०५ औं बीपी जयन्तीको सप्ताहब्यापी कार्यक्रमको उपलक्ष्य पारेर विचार गोष्ठीकाे आयोजना गरेको छ । उक्त अवसरमा बीपी कोइरालाप्रति श्रद्धा सुमन अर्पण गरिएको थियो ।

नेपाली कांग्रेस नगर पार्टीको कार्यालय गौरादहमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस झापा जिल्लाका अग्रज नेता तथा पूर्व राष्ट्रिय सभा सदस्य डिल्ली सिटौला, विशिष्ट अतिथि डिल्ली सेडाइलगायत कार्यक्रममा नगर, तथा वडा समितिका सामाजिक तथा राजनीतिक व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा अधिकांश वक्ताहरुले बीपीको विचार र मार्गदर्शनको चर्चा गरेका थिए । उक्त कार्यक्रममा शुभ लक्ष्मी सहकारी संस्था लिमिटेड गौरादहका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  १२ : २२ बजे