होली अर्थात फागु पर्व हरेकको घरघरमा प्रवेश गरिसकेको छ । आज पहाडी र भोली तराईका जिल्लाहरुमा होली पर्व धुमधामका साथ मनाउने गरिन्छ । होली पर्व नेपाली संस्कृतिको एक अभिन्न अङ्गको रुपमा स्थापित भइसकेको छ । शिशिर ऋतुको जाडो कुहिरोले कठ्याङग्रिएर नैराश्य भएकालाई वसन्त ऋतुको आगमनमा होली पर्वको रङ्गले थप उल्लासमय र प्रफुल्लित बनाएको छ ।…