१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगञ्ज स्थित दन्तकाली मन्दिरको प्रथम साधारण सभा सम्पन्न : गाैरीगंजकै नमुना मन्दिर


२५ आश्विन २०७५, बिहिबार  

0
Shares

20181011_132444

गौरीगञ्ज२५,असाेज / झापाको गौरीगञ्ज ३ स्थित दन्तकाली मन्दिरको पहिलो साधारण सभा सम्पन्न भएको छ । समितीका अध्यक्ष मखना महतोको सभापतित्वमा भएको साधारण सभाले देवीप्रसाद राजवँशीको अध्यक्षतामा नया समिती समेत गठन गरेको छ । नव गठित समितीको उपाध्यक्षमा गीता यादव र सचिवमा रामनारायण दास चयन भएका छन् त्यसै गरि कोषाध्यक्षमा हेमा राजवँशी सदस्यमा सिताराम रौनियार सोभिनाथ राजवँशी,नुनुलाल गिरी, सुरेन्द्र प्रसाद राजवँशी र महिला सदस्यमा बबी साह चयन भएका छन् ।
पहिलो साधारण सभाले ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । जसमा मखना महतो, श्रवण गिरी, बिश्वराज रिजाल ,तिलक राजवँशी र गोपाल ताजपुरिया रहेका छन् ।
बिहिबार मन्दिर पिरसरमा भएको साधारण सभामा अध्यक्ष मखना महतोले मन्दिरको पुरानो ३ लाख ८७ हजार ३ सय ६२ रुपैयाको आय ब्यय प्रस्तुत गरेका थिए भने सभामा बितरित आर्थिक प्रतिवेदनमा आगामी बर्षका लागि ९ लाखपाच हजारको अनुमानित कार्यक्रम समेत समेटिएको छ ।
साबिकको गौरीगञ्ज वडा नँ ५ र केहि अन्य वडाका जग्गाहरु श्री दन्तकाली मन्दिर गुठी बिजयपुर धरानको नाममा श्रेस्ता कायम रहेको र सो जग्गाका उल्लेखित वडाका रैतिहरु बाट मालपोत बर्षेनी गुठियारहरुबाट गसै गौरीगञ्ज गाबिस वडा नँ ५ मै बसि वसुल उपर गर्ने गरेकोमा सोहि मन्दिरको सम्झना स्वरुप २०११ सालमा यस मन्दिरको स्थापना भएको थियो । लामो समय सम्म परालको छाप्रोमा सिमित यस मन्दिरलाइ २०५८ सालमा तत्कालिन गाबिस अध्यक्ष देवी प्रसाद राजवँशीको अगुवाइमा हरिलाल राजवँशीको अध्यक्षतामा समिती बनाइ जिर्नोद्वार गरिएको थियो भने ३०६५ सालमा सो समिती बवगठन गरि मखना महतोको अध्यक्षतामा नया समिती बनाइएको थियो । यहि नया समितीले २०६८ सालमा धान्याञ्चल महापुरानको आयोजना गरि करिव १३ लाख रुपैया आर्थिक सँकलन गरेका थिए । सो रकम बाट हाल आधुनिक डिजाइनको मन्दिर निर्माण गरिएको छ ।
२०६९ साल भदौ ११ गते जिप्रका झापामा सँस्थाका रुपमा दर्ता भएको सो मन्दिरको जग्गा अझै जग्गादाता देवी प्रसाद राजवँशीकै नाममा रहेकोमा साधारण सभाको बन्द सत्रमा सोहि बिषयमा सदस्यहरुले प्रश्न राखेका थिए ।
20181011_145653
20181011_132509

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार  २ : ३५ बजे