१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय महिला सशक्तीकरण केन्द्रीय कार्यालयकाे गाैरीगंजमा उद्घाटन


२५ आश्विन २०७५, बिहिबार  

0
Shares

20181011_110649
गाैरीगंज २५, असाेज / राष्ट्रिय महिला सशत्तिकरण संस्थाकाे अाज गाैरीगंजमा केन्द्रीय कार्यालय स्थापना भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित खजुरगाछीमा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विधिपुर्वक रिवनकाटी उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले महिला सशक्तीकरणमा याे संस्थाले गाैरीगंजमा अग्रणी भुमिका खेलेकाे भन्दै कार्यालय स्थापनाले यस भेगकाे मात्रैै हाेइन समग्र क्षेत्रका पछाडि परेका सिमान्तकृत महिलाहरूलाई समेटि अगाडि बढ्ने विश्वास लिएकाे बताउनुभयाे । प्रमुख अतिथि श्रेष्ठले यस संस्थाकाे विकासकाे लागि स्थानिय सरकार जहिल्यै साथ र सहयाेग दिने बताउनुभयाे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले संस्था क्रियाकलाप पारदर्शी र जिम्मेवारी तरिकाले सञ्चालन गरि सिमान्तकृत महिलाहरूलाई चाहे अादिवासी, दलित वा खस अार्य जाे सुकै भए पनि पछाडि परेका सबैलाई समेटि अगाडि बढ्नुपर्ने सुझाव दिनुभयाे ।
ग्रामीण तथा शहरी विकास संस्थाकि अध्यक्ष वसन्त लक्ष्मी उदासले याे संस्थाकाे कार्यालयका लागि काेठा उपलब्ध गराएकाेमा स्थानिय सरकारलाई धन्यबाद दिदै यस संस्थाका ७० प्रतिशत पछाडि परेका महिला सदस्यहरू सिमान्तकृत भएकाे र ३० प्रतिशत अन्य समुदायका सिमान्तकृत महिला रहने विधानमै व्यवस्था भएकाेले सबै महिलालाई समेटिएकाे बताउनुभयाे । कार्यक्रममा नेकपाका पार्टी प्रतिनिधि केदार ढुंगेलले महिला मुत्ति अान्दाेलनमा याेगमाया, सहाना प्रधान, विध्यादेवि भन्डारी जस्ता महिला अगुवाहरूकाे उल्लेखनीय याेगदानबाट नै अाज महिलाहरू सशक्तीकरणमा फड्काे मारेकाे बताउनुभयाे ।
कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं ६ का अध्यक्ष बद्रीनारायण यादव, वार्ड नं ४ का अध्यक्ष कुलप्रसाद गिरी, कार्यपालिका सदस्य राधा अधिकारी,महिला तथा बालविकास शाखा गाैरीगंजकी प्रमुख शुस्मा काेईराला, नाेना चम्लागाईलगायतले बाेलेका थिए ।
राष्ट्रिय महिला सशक्तीकरण संस्थाकि केन्द्रीय अध्यक्ष फुलबती राजवंशीकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य लिलादेवी गन्गाई, रमकुमारी विश्वकर्मालगायतकाे सहभागिता थियाे । कार्यक्रमकाे स्वागत सर्मिला राई राजवंशी र सचिव पुस्पलता राजवंशीले कार्यक्रमकाे सञ्चालन गर्नुभएकाे थियाे ।
20181011_110205

20181011_112304

20181011_105353

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार  ९ : ४३ बजे