१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश १ को संसद सचिवालय दशैपछि फराकिलो हुँदै, निर्माणको काम धमाधम


२६ आश्विन २०७५, शुक्रबार  

0
Shares

samsad-sachiwalaya

विराटनगर २६, असोज /
प्रदेश १ को संसद सचिवालय दशैपछि अझ फराकिलो हुने भएको छ । जिल्ला समन्वय समिति मोरङले प्रदेश सभालाई छाडेको भवनको पहिलो तल्लाको मर्मत दशैको र तिहारको बिचमा सकिने संसद सचिवालयले जनाएको छ । करिब २५ लाख रुपैयाँ खर्चिएर भवनको पहिलो तलाको मर्मत भईरहेको जनाईएको छ । हाल सो भवनको भुईतलाका ११ वटा केठालाई संसद सचिवालय र ठुलो हललाई प्रदेश सभाको बैठकहलका रुपमा प्रयोग गरिँदै आएको छ । पहिलो तलाको मर्मत सकिने बितिकै सभामुख, उपसभामुख, सचिव, सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेताका लागि ब्यवस्थित कार्यकक्ष तयार हुनेछन् । संसदीय दल र ७ वटा संसदीय समितिको बैठक हल समेत तयार भईरहेको संसद सचिवालयले जनाएको छ । पुरानो भएकाले झण्डै १० लाख रुपैयाँ खर्चिएर रंग रोगन गरिएको संसद सचिवालयका उपसचिव विश्वरुप दहालले जानकारी दिए । कोठाको भुई समेत भत्किएका कारण पार्केटिङ र कार्पोटिङ सँगै भएकोले थप १० लाख खर्च हुनसक्ने उनले बताए । ११ वटा एयरकन्डिशन खरिदका लागि ६ लाख र पर्दा तथा अन्य सामाग्री खरिदमा २ लाख रुपैयाँ खर्च हुने उपसचिव दाहालले बताए । रंग रोगन, पार्केटिङ र कार्पेटिङको काम सकिनै लागेको उनले जानकारी दिए । आजको उद्घोष दैनिकमा खबर छ ।

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार  १ : ५८ बजे