१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश नम्बर १ मा योजना आयोग गठन गरिने


२५ आश्विन २०७५, बिहिबार  

0
Shares

pradesh1
विराटनगर २५, असोज / प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगद्वारा बुधबार यहाँ आयोजित दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा उनले प्रदेश सरकारले यस सम्बन्धमा विज्ञसँग छलफल गरेको र आद्यवधिक विकास योजना सम्बन्धी बैठकको निर्णय केही दिनमा सार्वजनिक गरिने बताए ।

त्यसमा समग्र विकास योजनाको अवधारणा तर्जुमा, अद्यावधिक योजना तर्जुमा प्रक्रिया र सोको व्यवहारिक अभ्यास गर्ने, सङ्घ प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा सामञ्जस्यता कायम गर्ने, मध्यमकालीन खर्च संरचनाको अवधारणा तथा प्रदेशस्तरमा सोको तर्जुमा सम्बन्धी ज्ञान तथा सीप प्रदान गर्नेलगायतका विषय समेटिनेछ ।

दिगो विकास लक्ष्य नेपालको वर्तमान अवस्था, सङ्घ, प्रदेश र स्थानीय तहमा सूचकको उपलब्धता तथा सोको आन्तरिकीकरण तथा स्थानीयकरण गर्ने, समग्र विकास प्रक्रियाको अनुगमन तथा मूल्याङ्कलन सम्बन्धी अवधाराणा तथा प्रदेश तहमा यसको प्रयोग सम्बन्धी सैद्धान्तिक तथा व्यवारिक ज्ञान प्रदान, योजनाबद्ध विकासका लागि तथ्याङ्कको महत्व आवश्यक, उपलब्धता र प्रयोगबारे जानकारी प्रदान गर्नु सो कार्यक्रमको उद्देश्य छ ।

मुख्यमन्त्री राईले विराट वृहत क्षेत्र निर्माण गरी छ तथा चार लेनको सडक निर्माण, स्मार्ट, स्याटलाइ र स्पोर्टस सिटी, औद्योगिक विकास क्षेत्रलगायत निमार्ण कार्य गर्न प्रदेश सरकारले कार्य गरिरहेको बताए । उनले कृषि, पर्यटन, निकासीमूलुक उद्योग, जलस्रोत आदिमा पाँचदेखि दश वर्षभित्र योजनाबद्ध ढङ्गले प्रदेशको विकास गर्न विज्ञ छफलफल गरी यस क्षेत्रका जनतालाई रोजगारी, आर्थिक उन्नति र वैदशिक व्यापार घाटा न्यूनका लागि सरकारले कार्य गरिरहेको बताए ।

मुख्यमन्त्री राईले विकासका लागि विश्वसनीय तथ्याङ्क आवश्यक भएको बताउँदै सोहीअनसार प्रदेश सरकारले विकासका पूर्वाधार निर्माणमा कार्य गरिरहेको धारणा व्यक्त गरे ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्थायित्व कायम भएकाले जनताले विकासको अनुभूति प्राप्त गर्ने बताए । रासस

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार  ७ : ३३ बजे