१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रंगेलीको संसारीमाई मन्दिरमा निरादेबी छातीमा जमारा उमार्न बसेपछि‍‍…..


२४ आश्विन २०७५, बुधबार  

0
Shares

20181010_203248

रबिन्द्र बराल
रंगेली २४, असोज /
ऐतिहासिक तथा पौराणिक धार्मिक स्थल रंगेलीको प्रसिद्ध मन्दिर संसारीमाई मन्दिरमा बुधबार विधिवत घटस्थापना राखिएको छ । हरेक बर्ष घटस्थापना देखि टिकाको दिनसम्म ११ ब्राह्मणहरुद्वारा सप्तशती चण्डी पाठ गर्नुका साथै विशेष पुजा अर्चना गरिन्छ । रातीको समयमा समेत बिभिन्न भजन कृतन हुने गरेको स्थानीय बताउँछन् ।
बिराटनगर देखि २२ किलोमिटर पुर्वमा रहेको रंगेली नगरपालिका वडा नम्बर ६ चिसाङ खोलाको बगरमा सो मन्दीर अवस्थित छ । राणाकाल भन्दा पहिलादेखि यसरी हरेक नवरात्रीमा देबीको पुजा गर्ने परम्परा रहेको पाकापुस्ताको अनुभव छ ।
बिगत बर्षमा नवरात्रदेखि दशमीसम्म भारत घर भएकी एक महिलाले आफ्नो छातिमा जमरा समेत यसै स्थानमा उमारेकी थिईन् । यस बर्ष मोरङको जहदा गाउँ पालिका ४ घर भएका मुलुकचन्द मण्डलकी श्रीमती ४० बर्षिय निरादेबी मण्डल संसारी मन्दिर परिसरमा छातिमा जमरा र कलश सहित निराहार बसेकी छिन् । उनले आफ्नो भाकल पुरा गर्नको लागि यसरी छातीमा जमरा राखेको उनका बुबा उदय मण्डलले बताए । अहिलेसम्म उनको कुनै सन्तान नभएपछि सन्तान प्राप्तीको लागि पनि यरी माता दुर्गाको चरणमा सरण पर्दै छातीमा जमारा उमार्नको लागि निराहार बसेको उनका आफन्त बताउँछन् ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार  २ : ५० बजे