दमक २२, फागुन / प्रजातन्त्रका सेनानी मुगाधन राईको १४ औं स्मृति दिवस पारेर आज झापाको दमक ९ स्थित अनाथ बाल आश्रमका बालबालिकाहरुका लागि खाद्यन्न सामग्री प्रदान गरिएको छ । नेपाली कांग्रेसका तर्फबाट संघीय संसद सदस्य समेत रहनु भएकी मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानकी अध्यक्ष महेन्द्रकुमारी लिम्बुले आज आश्रममानै पुगेर सो सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो…