७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

निवृत राष्ट्र सेवक समाज नेपाल नगर समिति गौरादहको चौथो वार्षिक साधारणसभा सम्पन्न


३० फाल्गुन २०७६, शुक्रबार  

0
Shares

20200313_193511
गौरादह ३०, फागुन / निवृत राष्ट्र सेवक समाज नेपाल नगर समिति गौरादहको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले पुनः गोविन्द खड्काको अध्यक्षतामा ९ सदस्य समिति सर्वसम्मत चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा टेक बहादुर कार्की, सचिवमा मुकुन्द भट्टराई, सहसचिवमा राम प्रसाद संग्रौला, कोषाध्यक्षमा बिनिता शर्मा चयन भएका छन् । सदस्यहरुमा सिताराम कोइराला, टेक बहादुर बस्नेत, कृष्ण न्यौपाने र चेत बहादुर दाहाल रहेका छन् । गौरादह नगरपालिकाको वडा नं. १ को वडा कार्यालयमा सम्पन्न वार्षिक साधारण सभामा निवृत राष्ट्र सेवक समाज गौरादह नगर अध्यक्ष तथा कार्यक्रमका सभापति गोविन्द खड्काले समाजको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजका कोषाध्यक्ष रामप्रसाद संग्रौलाले आर्थिक वर्ष २०७५/०७६ को आम्दानी तर्फ ४१ ह्जार ६ सय ८६ र खर्च तर्फ ५ हजार ६ सय रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । निवृत राष्ट्र सेवक समाज नेपालका केन्द्रिय सह अध्यक्ष जयधर्म आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो । केन्द्रिय सदस्य गोपाल काफ्ले, झमक बहादुर काफ्ले, प्रदेश अध्यक्ष मोहन कार्की, झापा जिल्ला अध्यक्ष छत्र बहादुर ओझा लगायतले शुभकामना मन्तव्य राखेको सल्लाहकार संयोजक कृष्णहरि थपलियाले जानकारी गराए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : ५२ बजे