७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

काेराेना भाईरस संक्रमण राेक्न गाैरादहमा विशेष तयारी


२ चैत्र २०७६, आइतबार  

0
Shares

20200315_143254

गौरादह २, चैत /गौरादह नगरपालिका वन वातावरण तथा बिपत ब्यबस्थापन समितिले काेराेना भाइरसकाे संक्रमण प्रवेश गर्न नदिन विशेष तयारी सुरु गरेकाे छ।

विश्वभर काेराेनाकाे संक्रमण फैलिरहदा गौरादह नगरपालिका भित्र प्रवेश गर्न नदिई त्यसकाे महामारीबाट सुरक्षित गराउन नगरबासिलाई जानकारी गराउने पुर्ब तयारी गरेकाे विपत ब्यबस्थापन समितिका संयाेजक हेमन्त कार्कीले जानकारी गराए।

विपत ब्यबस्थापन समितिले नागरिकलाई सचेत गराउन सहयाेग पुग्ने पम्प्लेट,ब्यानर सबै वडामा टाँस गर्नुका साथै माईकिङ गर्ने।नगरपालिका भित्र रहेका सबै सरकारी कार्यलयहरुमा हात धुन साबुनपानीकाे ब्यबस्था गरिनुका साथै सेवाग्राहीलाई समेत माक्स बितरण गर्ने,नगरभित्र रहेका गैर सरकारी संस्थालाई क्रियाशिल बनाई समन्वयात्मक भुमिका निर्वाह गर्ने, हेल्प डेक्सकाे ब्यबस्था गर्दै आवश्यक सामग्री खरिद गर्ने, आइसाेलेनसकाे लागि दमक नगरपालिका संग समन्वय गर्ने, नगरपालिका भित्र रहेका एम्बुलेन्सहरुलाई तयारी अवस्थामा राख्ने, बजारमा उपभाेग्य सामानकाे अभाव हुन नदिन प्रहरी, उपभोक्ता हित मन्च र जनप्रतिनिधिहरुकाे बिशेष टाेलिले अनुगमन गर्ने, सबै वडाकाे स्थानीय तहमा काेराेना प्रतिकार्य याेजना तयार गर्नेेेेेेेेेलगायतका निर्णय गरेकाे छ।

गर्मी बढेसंगै लाम्खुट्टेकाे प्रकाेप बढीरहदा डेंगु राेग फैलिन नदिन आवस्यक कार्यका लागि नगर स्वास्थ्य शाखालाई जिम्मेवारी दिने निर्णय गरेकाे छ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ११ : ४७ बजे