१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बरफमा राखिएकाे मरेकाे माछा बेचविखनमा राेक, डाक्टर भन्छन् – ‘मरेकाे माछा विषादी जस्ताे हुन्छ’


२ चैत्र २०७६, आइतबार  

0
Shares

20200315_175645

भारतबाट माेटरसाइकलमा  ल्याउदै गरेकाे माछा राेक्दै प्रहरी 

आत्माराम राजवंशी
गाैरीगंज २, चैत / नेपाली बजारमा बेच्न भित्रिने भारतीय माछालाई गाैरीगंज प्रहरीले शनिवारदेखि राेक लगाएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे फत्तेपुर नाका र बैरीया नाका प्रयाेग गरि भारतबाट माछा बाेकेर गाैरीगंज बजार भित्रिएका माेटरसाईकललाई जनपथ र सशस्त्र प्रहरीकाे संयुक्त टाेलीले राेक लगाएका हुन् ।
विश्वभर फैलिरहेकाे काेराेना भाईरसकाे संक्रमण नियन्त्रण गर्न र त्यसबाट बच्न भारतीय माछा बेच्न राेक लगाएकाे ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गणेश भट्टराईले बताए । तर नेपालकै पाेखरीबाट उत्पादन गरिएका माछालाई भने राेक लगाईएकाे छैन् । झापाकै पुरानाे बजार गाैरीगंजमा शनिवार र बुधबार हटिया लाग्ने र अन्य दिन गुद्री लाग्ने गरेकाे छ ।

शनिवार र बुधबार लाग्ने हटिया र गुद्रीमा समेत अधिकांस भारतीय माछा नै यहाँ पाईन्छ । नेपालमै उत्पादन गरेकाे माछा भने गिनेचुनेकाे मात्रै पाइन्छ । नेपालमा उत्पादन भएकाे माछाले यहाँको उपभाेत्ताकाे मागलाई पूर्ति गर्न नसक्ने भएकाेले भारतीय माछा नै खरिद गर्न बाध्य भएकाे गाैरीगंज गाउँपालिकाका सामाजिक व्यक्तित्व घनश्याम रिजाल बताउँछन् । गाैरीगंज बजारमा २ सयदेखि ९ सय रूपैयाँसम्मकाे माछा किन्न पाईन्छ ।
20200315_172441
स्थानिय पाेखरीमा उत्पादन गरेकाे माछा बेच्दै

मुङ्ग्री, बमप्लेट, सिलाेन, रहु जस्ता माछा पाईए पनि अधिकांस भने छिमेकी राष्ट्र भारतबाटै आउने गरेकाे एक माछा व्यापारी बताउँछन् । भारतबाट गाैरीगंज ल्याएका माछा गाैरादह, दमक, उर्लाबारी बजारमा व्यापारीहरूले बेच्न लाने गरेकाे उनले बताए । धेरै जसाे माछा मरेकाे र आईसमा राखेर ल्याईएका माछा विक्री गर्ने गरेकाे पाईएकाे छ ।


‘माछा कहिले मरेकाे र कसरी मरेकाे भन्ने कुरा उपभोक्तालाई थाहा हुदैन । जिउँदाे माछामा प्राेटिन हुन्छ तर मरेकाे माछामा त्याे ह्रास भएकाे हुन्छ डा. अग्रवाल भन्छन् – मरेकाे माछा विषादी जस्ताे हुन्छ ।’

पशु क्वारेन्टाइनमा माछा जाँच गर्ने उपकरण नभएकाे र प्रभावकारी वजार अनुगमन नभएकाेले व्यापारीहरूले मरेकाे माछा बेचविखन गर्ने गरेकाे वडा सदस्य उदिम कुमार राई बताउँछन् । बजारमा अधिकांस भारतबाट ल्याईएका बरफ (अाईस)मा राखेकाे माछा पाईन्छ उनले भने – ‘उपभोक्ताले लाेकल माछा नपाए पछि त्यही बरफमा राखिएकाे मरेकाे माछा किन्न बाध्य हुन्छन् ।’ वडा सदस्य राईले मरेकाे माछा विक्री वितरणमा राेक लगाउने र पशु क्वारेन्टाइन कार्यालयले प्रभावकारी रूपमा चेकजाँच गरे यसलाई नियन्त्रण गर्न सकिने बताए ।
बरफमा राखिएकाे मरेकाे माछा खाँदा मानविय स्वस्थ्यका लागि हानिकारक रहेकाे विपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा. शुभम कुमार अग्रवाल बताउँछन् । डा. अग्रवाल भन्छन् – ‘मरेकाे माछा खाँदा मानिसमा क्यान्सर राेग लाग्न सक्ने र अन्धाेपन निम्ताउन सक्छ ।’ ‘माछा कहिले मरेकाे र कसरी मरेकाे भन्ने कुरा उपभोक्तालाई थाहा हुदैन । जिउँदाे माछामा प्राेटिन हुन्छ तर मरेकाे माछामा त्याे ह्रास भएकाे हुन्छ डा. अग्रवाल भन्छन् – मरेकाे माछा विषादी जस्ताे हुन्छ ।’

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १२ : २५ बजे