७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सिमानाकामा पारी स्वास्थ्य जाँच, वारि भने खुल्लै


१ चैत्र २०७६, शनिबार  

0
Shares

20200314_190538
गाैरीगंजकाे फत्तेपुर नाकामा भारतीय स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्दै

गाैरीगंज १ चैत / महामारीकाेरूपमा फैलिदै गएकाे काेराेना भाईरस प्रकाेपलाई नियन्त्रण गर्न गाैरीगंजकाे फत्तेपुर नाकामा भारतले स्वास्थ्यकर्मीसहितकाे हेल्प डेस्क ( सहायता कक्ष) स्थापना गरेकाे छ ।
नेपाल भारत जावतजावत गर्ने नेपालीहरूलाई दैनिकरूपमै डा. अलक दाससहितकाे टाेलीले फागुन ६ गते ( १८ फरवरी) देखि स्वास्थ्य जाँच गरिरहेकाे छ । उनीहरूले स्वास्थ्य जाँच गर्नुका काेराेना भाईरसकाे संक्रमणबाट बच्ने उपायका बारेमा पनि बताउदै आएका छन् ।
प्राइमरी हेल्थ सेन्टर टेढागाछका डा. दासले दैनिकरूपमा डा. सहितकाे ४ जना स्वास्थ्यकर्मी टाेली ६ – ६ घण्टामा आलाेपालाे गरि २४ सै घण्टा सीमा नाकामा स्वास्थ्य जाँच गरिरहेकाे जनाएका छन् । हेल्प डेस्कमा रहेका स्वास्थ्यकर्मीले काेरोना भाइरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्दै सरसफाईमा विशेष ध्यान दिने, मास्क लगाउने, भिडभाडमा नजाने, लामो समयसम्म रुघाखोकी लागेमा नजिकैको स्वाथ्स्य चौकीमा गई चेकजाँच गराउन आग्रह गर्ने गरेका छन् । उनीहरूले कोरोना भाइरसका साथै धुलाे,धुवाँबाट बच्नका लागि माक्स वितरण गर्ने गरेका छन् । तर नेपाल तर्फ भने सीमा नाकाकाे करिब ३ किलाेमिटर भित्र गाैरीगंज गाउँपालिका वार्ड नं. ६ भारू चाेकमा हेल्प डेस्क राखिएकाेे छ । हेल्प डेस्क राखिएपनि नियमितरूपमा स्वास्थ्यकर्मी बस्ने गरेकाे छैन भने प्रहरी, क्वारेन्टाइन र भन्सारका कर्मचारी मात्र बस्ने गरेकाे पाईएकाे छ जसकाे कारण काेराेना भाईरसकाे प्रकाेपबाट बच्न गरिएकाे उपाय प्रभावकारी छैन ।
भारतीय सिमावर्ती क्षेत्र गौरीगंज नाकामा उच्च सतर्कता अपनाइएको छैन।
20200314_190615
गाैरीगंजकाे फत्तेपुर नाकामा भारतीय स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्दै

भारत तर्फबाट अटाे रिक्सा, माेटरसाईकल तथा पैदल हिडेर  मानिसहरु नेपालतर्फ आउने गरेका छन् ।
खुल्ला सिमनाका कारण भारतकाे बिहारबाट नेपाल तर्फ र नेपालबाट भारततर्फ  निर्बाध रुपमा आवतजावत भईरहेकाे छ।   काेराेना भाइरसकाे जाेखिम न्युनिकरण गर्न ईलाका प्रहरी कार्यलय गौरीगंजले हेल्पडेक्स राखेपनि स्वास्थ्यकर्मी भने बस्दैनन् ।भारुचौकमा पाल टाँगेर काेराेना भाइरसकाे ब्यानर राखी हेल्पडेक्स तयार गरेपनि सुरक्षाकर्मी, पशु क्वारेन्टाइन र भन्सारका कर्मचारीहरु मात्र बस्ने गरेका छन् तर चेकजाँच गर्ने उपकरण राखिएको छैन भने स्वास्थ्यकर्मी बस्दैनन।
गौरीगंज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका गौरीगंज गाउँपालिका भित्रका सबै सराेकारवालाहरुसंग केहिदिन भित्रैमा छलफल गरि उपयुुक्त स्थानमा स्वास्थ्यकर्मी सहितकाे हेल्पडेक्स राखिने बताए । काेराेना भाइरस चेकजाँचका लागि आवश्यक उपकरण नभएका कारण स्वास्थ्यकर्मी नबसेकाे प्राथमिक स्वास्थ्य केन्द्र गौरीगंजका प्रमुख अनुप शर्मा बताउँछन्। हेल्प डेस्कमा हात धुने साबुन र पानीबाहेक अन्य उपकरण छैन ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १ : ३८ बजे