१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा काेराेना विरूद्व द्रुत प्रतिकार्य टाेली (आरआरटी) गठन


५ चैत्र २०७६, बुधबार  

0
Shares

20200318_103948

गौरीगंज ५, चैत /काेराेना भाइरसकाे सन्त्रास फैलिरहेकाे समयमा त्यसबाट सुरक्षित हुन भारतीय सिमावार्ती क्षेत्र गौरीगंजमा बिशेष तयारी गरेकाे छ।

गौरीगंज गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिका भित्र बसाेवास गर्ने आम नागरिकहरुलाई काेराेना भाइरसबाट वच्न गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा गाउँपालिका स्तरीय ३१ सदस्यीय काेराेना संक्रमण राेकथाम समिति गठन गरेकाे छ । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृतकाे संयाेजकत्वमा द्रुत प्रतिकार्य टाेली (आरआरटी) समिति गठन गरेकाे छ ।
समितिमा स्वास्थ संस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुख, रेडक्रस प्रतिनिधि, सदस्य सचिव स्वास्थ्य संयाेजक रहने व्यवस्था गरेकाे छ । गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाकाे अध्यक्षतामा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले गौरीगंज गाउँपालिका सिमावर्ती क्षेत्र भएकाले बिशेष सतर्कता अपनाउन जरुरी रहेकाे बताएका थिए।

काेराेना भाइरसकाे सन्त्राश बिस्वभर फैलिरहँदा नेपालमा हालसम्म सजगता नअपनाइएकाेमा सहभागीले आपति प्रकट गरेका थिए। काेराेना भाइरस नेपालमा प्रबेश गर्न नदिन गौरीगंज गाउँपालिकाले नागरिकहरु समक्ष जनचेतनाका कार्यक्रम गरिरहेकाे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराए। गौरीगंज भारतीय सिमावर्ती क्षेत्र रहेकाे र खुल्ला सिमनाका कारण निर्बाध रुपमा ओहाेर दाेहाेर भइरहने भएकाले गाउँपालिका भित्रका सबै नाकामा हेल्पडेक्स राखिने तयारी गरेकाे गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराए। गौरीगंज गाउँपालिका भित्र रहेका नेपाल भारत ओहोरदोहोर भइरहने फत्तेपुर,देबिगंज,कदमगाछी,बघाचौधरी र कुन्जिबारीकाे उपयुक्त स्थानमा स्वास्थ्यकर्मी सहितकाे हेल्पडेक्स चैत्र ५ गते भित्रमा राखिने जानकारी गराए।

गाउँपालिकाकाे कार्यलयमा भएकाे भेलाले सरकारी कार्यालय अगाडि हात धुन साबुनपानी राखिनेे र यहि चैत्र ६ गतेबाट संचालन हुन गहिरहेकाे एसईई परीक्षामा सहभागी सबै बिद्यार्थीहरुलाई माक्सकाे ब्यबस्था गर्ने निर्णय गरेकाे छ। साे भेलाले आम नागरिकहरु समक्ष सन्त्रासकाे वातावरणमा नभई सचेतना मुलक र सन्देशकाे रुपमा माईकिङ गरि सावधानी अपनाउन सुचान प्रवाह गर्ने जानकारी गराए। काेराेना भाइरस नियन्त्रणका लागि स्थानीय सरकारले आफ्नाे ठाउँबाट नागरिकलाई दिईने सेवामा कुनै प्रकारकाे कमि कमजोरी हुन नदिने गौरीगंज गाउँपालिका वडा नं -३ का वडाध्यक्ष मखना महत्ताेले जानकारी गराए। स्थानीय सरकारले भाइरस चेकजाँचका लागि आवश्यक उपकरण  स्वास्थ्यकर्मीकाे माग बमाेजिम उपलब्ध गराउने र आवश्यकता अनुसार स्वास्थ्यकर्मी थप गर्न पनि सकिने उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराए।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ४ : ५५ बजे