७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

झापाका एक व्यक्तिमा काेराेना संक्रमण भएकाे आशंका


२ चैत्र २०७६, आइतबार  

0
Shares

अम्विका भण्डारी
भद्रपुर (रासस) /झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर–७ चन्द्रगढीका ४२ वर्षीय पुरुषलाई प्रारम्भिक जाँचपश्चात कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

प्रजिअ रानाका अनुसार चिकित्सकहरुले उपचारका लागि निज व्यक्तिलाई काठमाडौंको ग्राण्डी हस्पिटल सिफारिस गरेका छन् ।

‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ,’ प्रजिअ रानाले रासससँग भन्नुभयो–‘उपचारका लागि डाक्टरहरुकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’

(यो समाचार राससबाट लिइएको हो । झापामा कोरोना संक्रमणको आशंका गरेर उपचारका लागि सिफारिस गरिएको यो पहिलो घटना हो । विरामीमो नाम गोप्य राखिएको छ ।)

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ८ : ५६ बजे