७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

प्रदेश १ का मुख्यमन्त्री रार्इले भने,’पत्रकार कुटिएको घटनामा संलग्नता छैन’


२५ कार्तिक २०७५, आइतबार  

0
Shares

20041106f816603f3326dbeab711eb2f.0

mukhya-mantri

अमेरिका २५, कात्तिक / अमेरिका पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इले संलग्नता नै नभएको घटनामा नाम जोडेर बदनाम गरिएको भन्दै आपत्ति जनाएका छन् । बैंककमा उपचार गर्ने भन्दै मुख्यमन्त्री राई अमेरिका पुगेको समाचार प्रकाशमा आएपछि पत्रकार कुटिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री राईले घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेका हुन् ।

व्यक्तिगत भ्रमणका लागि अमेरिका पुगेका मुख्यमन्त्री राईले शनिबार बिहान पत्रकारहरुसंगको कुराकानीका क्रममा पत्रकार लोकमणि रार्इमाथि भएको कुटपिटको घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नो मात्र नभई सहयोगीको समेत संलग्नता नरहेको बताए । ‘बाल्टिमोरमा शहरमा रहेका बेला पत्रकार कुटिएको घटनामा जबर्जस्ती हामीलाई तानिएको छ, हुँदै नभएको घटनामा नाम जोडिँदा अचम्मित छु’, बैंकक फर्किनुअघि मुख्यमन्त्री राईले घटनाबारे प्रष्ट पार्दै भने ।
स्वास्थ परिक्षणका लागि बैंकक आएको र परिक्षणपछि रिपोर्ट आउन एक साता लाग्ने भएकाले व्यक्तिगत भेटघाटका लागि अमेरिका आएको मुख्यमन्त्री राईको भनाइ छ । तर राई बैंकक उपचार गर्ने प्रचार गरेर सुटुक्क अमेरिका पुगेको प्रचारमा आएको थियो । न्यूयोर्कमा पिटाइ खाएको भनिएका पत्रकार लोकमणि राइको नाम आफूले सुनेको भए पनि नचिनेको मुख्यमन्त्री राईको भनाइ छ ।

कुन पत्रकारले अमेरिकामा के समाचार लेखे या कहाँ लेखे भन्ने विषयमा आफू अनविज्ञ रहेको भन्दै उनले संलग्नता नभएको घटनामा जोडेर प्रचारमा ल्याउनु पित पत्रकारिताको पराकाष्ठ भएको बताए । मुख्यमन्त्री राईले प्रदेश १ मन्त्रिपरिषद् बैठकबाट भ्रमण स्वीकृत गरेको प्रष्ट पार्दै नियोजित प्रचारमा कुनै सत्यता नरहेको बताए । नितान्त राजनीतिक पूर्वाग्रहका आधारमा गलत प्रचार गरिएको मुख्यमन्त्री राईको आरोप छ । उनले अमेरिकामा बसेर राजनीति नगर्न समेत सुझाए ।

घटनामा सहभागी भनिएका उमेश राई नेकपाको कार्यकर्ता नरहेको र आफूले चिन्दासमेत नचिन्ने मुख्यमन्त्री राईको भनाइ छ । घटनामा नाम जोडिएका उमेश राइले लोकमणि र आफ्नो विवाद ठूलो र राजनीतिक विषय नभएको र आफूहरू पहिलेदेखि सँगै बस्ने साथी रहेको बताए । ‘मलाई नेकपाको कार्यकर्ता र समाचार हेरेर मान्छे पिट्यो भनिएको रहेछ,-’ राईले भने, ‘प्रचार गरिएका कुरा सबै गलत हुन् । सामान्य विवादमा लोकमणि जाइलाग्न आएपछि सामान्य धक्कामुक्का भएको हो ।’

खानपिनपछि बाहिर निस्किएर दुइजनाबीच भएको विवादमा मुख्यमन्त्रीलाइ मुछ्नु ठीक नभएको समेत उनले बताए । कुटिएका पत्रकार लोकमणि राइले पनि मुख्यमन्त्रीले समाचार प्रकाशित भएको आधारमा कुटपिट गरिएको समाचार सत्य नभएको बताए । ‘मुख्यमन्त्रीलार्इ म चिन्दा पनि चिन्दिनँ, उनले कुट्न लगाएको पनि होइन, तर त्यही समाचारआएपछि उमेश मसँग रिसाएर कुटेको हो ।’ अनलाईन खबरबाट

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार  ८ : २८ बजे