१३ माघ २०८१, आइतबार | Sun Jan 26 2025

सबैभन्दा बढी मेचीनगरलाई ७६ कराेड ५२ लाख, सबै भन्दा कम हल्दिवारीलाई



गाैरीगंज १७, जेठ /  सरकारले आर्थिक वर्ष २०७८/ ७९ का लागि झापा जिल्लाका पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्द बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ ।

यस्तै, ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा बढी कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट छुट्टिएको छ ।

हेर्नुहोस्, पालिकाअनुसार विनियोजित बजेटः

मेचीनगर नगरपालिका ४७ कराेड ७१ लाख
कन्काई नगरपालिका ५८ कराेड १८ लाख
गाैरादह नगरपालिका ४८ कराेड ५१ लाख
दमक नगरपालिका ७० कराेड १७ लाख
विर्तामोड नगरपालिका ७० कराेड १७ लाख
भद्रपुर नगरपालिका ५० कराेड ०६ लाख
मेचीनगरपालिका ७६ कराेड ५२ लाख
शिवसताक्षी नगरपालिका ५७ कराेड ९७ लाख

गाउँपालिका
गाैरीगंज गाउँपालिका ३४ कराेड ८६ लाख
कचनकबल गाउँपालिका ३८ कराेड ८७ लाद
कमल गाउँपालिका ४८ कराेड ३३ लाख
झापा गाउँपालिका ३४ कराेड ८४ लाख
बाह्रदशी गाउँपालिका ३४ कराेड १८ लाख
बुद्वशान्ती गाउँपालिका ३५ कराेड ७६ लाख
हल्दिवारी गाउँपालिका ३२ कराेड ३१ लाख

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ९ : १९ बजे