१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा ५० बेडकाे क्वारेन्टाइन तयार


२४ चैत्र २०७६, सोमबार  

0
Shares

20200406_182633

गाैरीगंज २४, चैत / गाैरीगंज गाउँपालिकामा ५० बेडकाे क्वारेन्टाइनकाे व्यवस्था गरिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे गाैरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रकाे नवनिर्मित भवनमा उत्त संख्यामा क्वारेन्टाइन स्थापना गरिएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी उदय राणा मगर, प्रहरी उपरिक्षक कृष्ण काेईरालालगायतकाे टाेलीले आज साेमवार यहाँ व्यस्वस्था गरिएकाे क्वारेन्टाइनकाे अवलाेकन गर्दै ५० वेडकाे क्वारेन्टाइन स्थापना गर्न निर्देशन दिएका थिए । एउटा काेठामा ३ मिटरकाे दुरी कायम राखेर अावश्यकता अनुसार २/३ वेड राख्न सकिने प्रमुख जिल्ला अधिकारी मगरले बताएका थिए ।
सरकारले काेराेना भाईरसकाे महामारीलाई राेकथाम तथा नियन्त्रण गर्न चैत ११ गते देखि लगाईएकाे लकडाउनमा गाैरीगंजमा पहिलाे चरणमा १० वेडकाे क्वारेन्टाइनकाे व्यवस्थापन गरिएकाे थियाे । हाल उत्त क्वारेन्टाइनमा काेराेना भाइरस हुनसक्ने अाशंकामा ४ जनालाई राखिएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिएका छन् ।
गाैरीगंज गाउँपालिकामा हाल ९७ जनालाई हाेम क्वारेन्टाइनमा राखिएकाे छ ।
अवलाेकनका क्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले क्वारेन्टाइनकाे अवस्था र यसकाे व्यवस्थापनका बारेमा ब्रिफिङ्ग गरेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : ४३ बजे