१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सहारा नेपाल बाैद्वमाेड सेवा केन्द्रले ३ जना सदस्यलाई पुरस्कारसहित सम्मान गरेर भव्यरूपमा वार्षिक उत्सव मनायाे



गाैरीगंज २२, चैत / सहारा नेपाल साकाेसकाे २७ औं वार्षिक उत्सव मनाईएकाे छ ।
सहारा नेपाल साकाेस बाैद्वमाेड सेवा केन्द्रले विविध कार्यक्रमकाे अायाेजना गरि साेमवार संस्थाकाे भव्यरूपमा वार्षिक उत्सव मनाएकाे हाे ।
मेचीनगर नगरपालिका वार्ड नं. २ का वडा अध्यक्ष तिलक न्याैपानेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा २ जना कृषि पेशामा संलग्न कृषकलाई पुरस्कारसहित सम्मान र १ जना ऋणीलाई ऋण मिनाहा गरिएकाे थियाे ।
वार्षिक उत्सवकाे अवसरमा सेवा केन्द्रले कृषि पेशाका उद्यमीहरू साेमकुमारी राई र फुलमाया राईलाई पुरस्कारसहित सम्मान गरेकाे थियाे।
त्यसैगरी सेवा केन्द्रले संस्थाकी सदस्य सदस्य नं. ११४ कि संगीता राईलाई ३ लाख रूपैयाँ ऋण मिनाहा गरि साेही बराबरकाे चेक हस्तान्तरण गरेकाे थियाे । उनका श्रीमान् चन्द्र बहादुर राईकाे असामयिक निधन भएपछि राहत स्वरूप रकम हस्तान्तरण गरिएकाे संस्थाका वरिष्ठ सहायक सुभाष झाले जानकारी गराएका छन् ।
सेवा केन्द्रकी निर्मला सुवेदीकाे अध्यक्षतामा भएकाे वार्षिक उत्सव कार्यक्रममा विशेष अतिथिकाे रूपमा जनसाधारण उच्च माविका प्रधानाध्यापक चन्द्र शेखर गुरागाईलगायतकाे उपस्थिति थियाे । कार्यक्रममा सेवा केन्द्रका प्रमुख भावना अधिकारीले संस्थाकाे प्रगति विवरणलगायत अन्य गतिविधिकाे जानकारी प्रस्तुत गरेकी थिईन । संस्थाका वरिष्ठ सहायक सुभाष झाले संचालन गरेकाे कार्यक्रममा सेवा केन्द्रका जमुना भट्टराई, अनुपा रसाईली, हर्कमाया याेङ्हा, पवित्रा पाेखरेललगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ३९ बजे