३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

ओली फेरी झापा फर्कदैै


१२ मंसिर २०७४, मंगलबार  

0
Shares

oli

दमक १२ ,मंसिर /

प्रतिनिधि तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हुन ८ दिन बाँकी रहदा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोली गृह जिल्ला झापा आउदै हुनु हुन्छ ।

एमालेको तर्फबाट झापाको निर्वाचन क्षेत्र नम्वर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनु भएका ओलीले आफनो निर्वाचन क्षेत्रका मतदातासंग भेटघाट गर्ने कार्यक्रममा ब्यस्त रहनु हुने भएको हो ।

भोली बिहान दमकमा एमालेले निकट नेपाल खेलकुद महासंघ प्रदेश नम्वर १ कमिटी र माओवादी केन्द्र निकट गणतान्त्रिक खेलकुद महासंघले आयोजना गरेको खेलकुद कार्यक्रम र महिला संगठनहरुले आयोजना गरेको सभालाई नेता ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा खेलाडीहरुले काता प्रदर्शन , बिभिन्न खेल खेलाडीले प्रर्दशन गर्ने नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य दिपेन्द्र दाहालले जानकारी दिनु भयो । अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको महिला सभालाई समेत एमाले अध्यक्ष ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले दमक नगर उपसचिव लिला दाहाल ढुङगेलले जानकारी दिनु भयो ।

सभाको आयोजना एमाले निकट अखिल नेपाल महिला संघ , माओवादी केन्द्र सम्वद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी )र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संयुक्त रुपमा आयोजना गरेको छ । नेता ओली मंसिर १५ गते बिहान दमक ३ स्थित आमचोक ,दमक ९ स्थित चियादोकान र दिउसो अहिलेको वडानम्वर १० को संगम चोकको कोणसभालाई सम्वोधन गर्ने वामगठबन्धन भित्रको माओवादी केन्द्रले जनाएको छ ।

यसै गरी मंसिर १६ गते बिहान साविक लखनपुर र दिउसो दमक ६ स्थित नमुना मार्गमा हुने कोण सभालाई अध्यक्ष ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको सामानुपातिक तर्फका उम्मेदवार होम बहादुर थापाले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १२ मंसिर २०७४, मंगलबार  ११ : २९ बजे