१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाले विपन्न अावास निर्माणका लागि ८ लाख छुट्टयायाे, हेर्नुहाेस २१ गतेका बैठक निर्णयहरू


२३ मंसिर २०७५, आइतबार  

0
Shares

20181209_140131
गाैरीगंज २३, मंसिर / गाैरीगंज गाउँपालिकाकाे कार्यपालिका बैठकले शुक्रबार विपन्न अावास निर्माण लागि जग्गा खरिद गर्न ८ लाख रूपैया छुट्याउने निर्णय गरेकाे छ ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा बसेकाे बैठकले वार्ड नं ४ मा विपन्न अावास निर्माणका लागि उत्त रकम छुट्याइएको हाे । निशुल्क प्राप्त १ कठ्ठा जग्गासहित जम्मा ११ कठ्ठामा गाउँपालिका र सहारा नेपालकाे साझेदारी कार्यक्रम अन्तर्गत अावास निर्णय गर्न लागिएकाे हाे ।
बैठकले गाउँपालिकाले वार्ड नं१ मा सशस्त्र प्रहरी बल नेेेपाल बाेर्डर अाउट पाेष्ट स्थापनाका लागि ६ कठ्ठा जग्गा खरिदका लागि ३ लाख रूपैयाँ वजेट विनियाेजन गर्नेे निर्णय गरेकाे छ ।

हेर्नुहाेस बैठकका निर्णयहरू

आज मिति २०७५ साल मंसिर महिना २१ गते शुक्रबारका दिन यस गौरीगंज गाउँपालिकाका अध्यक्ष श्री बाबुराजा श्रेष्ठ ज्यूको अध्यक्षतामा बैठक बसी तपसिल बमोजिमको उपस्थितिमा निम्नानुसार निर्णय गरियो

प्रस्ताव नं. १ ः जग्गा खरिद सम्बन्धमा ।
निर्णय ः
(क) यस गौरीगंज गाउ“पालिका वडा नं. १ मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको स्थापनाको लागि कम्तिमा ८ कट्ठा क्षेत्रफल भएको जग्गा खरिदका लागि जग्गाधनी रोमनाथ काप्mलेले प्रस्ताव पेश गर्नु भएकोले निजको प्रस्ताव बमोजिम ८ कट्ठा जग्गा मध्ये दुई कटृा निःशुल्क सहित ६ कट्ठा जग्गा रु ५०,०००।०० का दरले रु. ३,००,०००।०० (तीन लाख) मा खरिद गर्न उपयुक्त देखिएकोले सोही अनुसार जग्गा खरिद गर्ने भनि निर्णय गरियो ।

ख) यस गौरीगंज गाउ“पालिकाको वडा नं. ४ मा विपन्न आवास निर्माण कार्यक्रम अन्र्तगत सहारा नेपालसंग साझेदारीमा आवास निर्माण गर्ने सहमति भए अनुसार १० कट्ठा जग्गा खरिद गर्न एक कट्ठा निःशुल्क सहित ११ कट्ठा जग्गा प्राप्त गर्न उपयुक्त देखिएकोले सोही अनुसार रु. ८,००,०००।०० मा उक्त एक कठ्ठा निःशुल्क सहित ११ कठ्ठा जग्गा खरिद गर्ने भनि सर्वसम्मत निर्णय गरियो ।
(ग) यस गौरीगंज गाउंपालिका र सहारा नेपाल, झापा बिचको साझेदारी कार्यक्रम अन्र्तगत विपन्न आवास निर्माणका लागि वडा नं. ५ मा केही जग्गा गाउंव्लकको ज.बि. ०–१–१५ जग्गा भएको तर उक्त जग्गा आवास निर्माणका लागि अपुग हुने भएकोले थप जग्गा खरिद गर्नुपर्ने भएकोले उक्त गाउंव्लक जग्गासंगै सिमाना कायम भएको जग्गा खरिदका लागि सूचना प्रकाशन गरी प्रक्रिया अघि बढाउने भनि सर्वसम्मत निर्णय गरियो ।
प्रस्ताव नं. २ ः कार्यालय भवन निर्माण सम्बन्धमा ।
निर्णय ः यस गौरीगंज गाउँपालिकाको हाल संचालनमा रहेको कार्यालयको भवनको कोठाहरु कार्यालय प्रयोजनको लागि अपुग रहेको छ । उक्त भवनमा हाल दोश्रो तलाको बाकी भागमा कोठाहरु थप सहित भवन निर्माण गर्नु अति आवश्यक भएको साथै कम्पाउण्ड वाल नभएकोले कार्यालयको सुरक्षा व्यवस्थापनमा समेत चुनौतीपूर्ण भएकोले कार्यालय परिसरमा कम्पाउण्डवाल समेत निर्माण गर्नुपर्नेछ । उक्त दुवै कार्यका लागि प्राविधिक शाखाबाट लागत अनुमान समेत तयार भई पेश भएको छ । चालु आ.ब. २०७५÷०७६ को लागि भवन निर्माणमा रकम विनियोजन भएकोले सोही शिर्षकबाट खर्च गर्ने गर्ने कार्यालय भवन निर्माण र कम्पाउण्ड वाल निर्माणका बजेट विनियोजन गर्ने भनि सर्वसम्मत निर्णय गरियो ।

प्रकाशित मिति : २३ मंसिर २०७५, आइतबार  ८ : २० बजे