१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

५० कराेडकाे लगानीमा कलात्मक संरचनासहित रिसाेर्ट निर्माण हुँदै, बैशाख १ गतेबाट सञ्चालनमा आउने


१६ चैत्र २०७७, सोमबार  

0
Shares

दमक १६, चैत / झापा जिल्लाको कमल गाउँपालिका – ५ पाडाजुङीमा कलात्मक भाैतिक संरचनासहित रिसाेर्ट सञ्चालनमा आउने भएकाे छ ।

दमक नगरपालिका र कमल गाउँपालिकाको सिमामा पर्ने रतुवा खोला किनारमा रिभर भ्यु हेरिटेज रिसोर्ट प्रा. लि. औपचारिक रूपमा बैशाख १ गतेदेखि सञ्चालनमा अाउने भएकाे हाे ।
नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रिय समितिले अाज अायाेजना गरेकाे हाेली मिलन कार्यक्रममा रिसोर्टका लगानीकर्ता तथा सञ्चालक रुद्र कार्कीले जानकारी गराएका छन् ।
नेपाल प्रेस युनियन माई-पश्चिम् क्षेत्रीय समितिले आयोजना गरेको होली मिलन कार्यक्रम तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै रिसोर्टका सञ्चालक कार्कीले यही नयाँ बर्स २०७८ साल वैशाख १ गते देखि औपचारिक रूपमा उक्त रिसोर्ट सञ्चालनमा ल्याइने बताए ।
वैशाख १ गते देखि ७ गते सम्म दैनिक रूपमा विभिन्न राष्ट्रिय कलाकारहरू ल्याइ सांस्कृतिक कार्यक्रम गरिने सञ्चालकले बताए ।
कुल ५० करोड लागतको लगानीमा करिब अढाई विघा   जग्गामा निर्माण सम्पन्न हुन लागेको उक्त रिसोर्टमा बालबच्चा देखि युवासम्मलाई मनोरञ्जन प्रदान गर्नुका साथै रिसोर्ट वरिपरि कलात्मक भौतिक संरचना निर्माण गरिएको छ । कार्यक्रममा सञ्चारकर्मीहरूलाई स्वागत सत्कार गर्न पाउँदा आफू ज्यादै हर्षित भएको सञ्चालक कार्कीले बताए ।

नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समितिले आयोजना गरेको होली मिलन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा जिल्ला अध्यक्ष तारामणि सापकोटा , नेपाल प्रेस युनियन पूर्व अध्यक्ष कृष्ण हुमागाईँ , पत्रकार महासङ्घ झापा जिल्ला उपाध्यक्ष एकराज गिरि , नेपाल पत्रकार महासङ्घ पूर्व जिल्ला अध्यक्ष गोबिन चन्द छेत्री, मिडिया नेपालका रञ्जित प्रसाईलगायतको उपस्थिति रहेको थियाे ।

प्रेस युनियन माई पश्चिम क्षेत्रीय समितिका अध्यक्ष विष्णु सुब्बाको सभापतित्वमा सञ्चालित कार्यक्रम लाई समितिका उपाध्यक्ष बेणु प्र. अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमलाई प्रेस युनियन जिल्ला उपाध्यक्ष तथा सप्तरङ्गी एफ. एम. का प्रबन्धक निर्देशक गिरिराज भट्टराईले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : ०२ बजे