९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

हामी शरणार्थी कि जमिनका मालिक ?




     

भरत राजवंशी /

        पृथ्वीको उत्पत्ति संगै विभिन्न जिबहरुको जन्म हुँदै गयो, रामापिथेकसको वंशजवाटै मानिसको पनि बिकासक्रम भएकै हो। अस्तित्व रक्षा, नश्ल बृद्धि र बाच्नलाई चाहिँने मुख्य स्रोतहरुको पहिचान गर्दै मानिस यो ब्रह्माण्डको चतुर जीव भएकै कारण खाना, पानी र बस्नलाई सुरक्षित गन्तब्यको खोज अनुसन्धान गर्ने बौद्धिक र सामाजिक प्राणी बन्न पुग्यो। ब्रह्माण्डमा छरिएर रहेका जिबहरु मध्ये समुहगत तथा संगठित रुपमा बसोवास गर्न रुचाउने प्राणी पनि मानिसनै हो। मानिसको संख्या वृद्धि संगसंगै बाच्नलाई चाहिने हावा, पानी, खाना र उचित बासस्थानको खोज अनुसन्धानमा अब्बल मानिस आफ्नो नश्लिय अस्तित्व रक्षाको लागि संसारको २५% जमिन तथा ७५%  पानीले ओगटेको भूमण्डलमा जो जहाँ थिए त्यहाँ आफ्नै तौर तरिका परम्परा, रितिरिवाज, भाषा, धर्म-संस्कार र सभ्यता तथा पहिचानमा हुर्किए र आफ्नो अस्तित्व कायम गरे। संघर्ष बिना मान्छेको अस्तित्व विशाल शरीर भएको डायनासोर जस्तै लोप हुने खतरा बढ्दै गएपछी अन्न, पानी र आवासको लागि वनजंगल छेउछाउ वा खोलाको डिलमा बस्न थाले। २ ढुंगाको घर्सनबाट आगो बल्ने र पोलेर खाएको चिजको स्वाद र महत्व थाहा पाएपछी विभिन्न आविस्कारहरु हुन थाल्यो। ढुंगे युग परिवर्तन हुने भयो र ज्ञानलाई शिक्षाको रुप दिन थालियो। तबसम्ममा यो ब्रह्माण्डमा मानिसहरुको बाक्लो उपस्थिती तथा जन्म भैसकेको थियो नैं देशहरुको पनि निर्माण भएर एउटा निश्चित भूगोल भित्र आफ्नो सिमाना पनि छुट्याएर शासन सत्ता चलाइरहेको थियो। राजा रजौटाहरुले आफ्नो अस्तित्व कायम राख्नलाई एकले अर्कालाई हमला गरिराखेको थियो या त युद्ध गरिराख्या हुन्थ्यो। 

      हाल नेपालको पुर्वी मधेशका जिल्ला (झापा, मोरङ, सुनसरि र उदयपुर) हरुमा सदियौदेखी बसोबास गर्दै आएका भूमिपुत्र रैथानेहरु राज्यवाट, राज्यव्यवस्थाबाट, संघिय संरचनाबाट, दलियगुटबाट, ब्युरोक्रेटिज्मबाट, उच्चनस्लिय व्यवहारबाट प्रताडित पारिएको छ र मौलिक अधिकारहरुबाट बञ्चित गराइएको छ। नेपालमा १३० जातजाती र भाषाभाषिका मानिसहरु बसोबास गर्छन। सबैको आफ्नो मौलिक परम्परा, रितिरिवाज, भाषा, धर्म र संस्कार सभ्यता रहेको छ। बहुल जाती, बहुल भाषिक, बहुलधर्म र अलग जातिय पहिचान भएकाहरु मध्ये पुर्वी मधेशका भूमिपुत्रहरुको पनि छुट्टै सभ्यता र पहिचान रहेको छ जसलाई “कोचिला सभ्यता” भनिन्छ। राजवंशी, ताजपुरिया, गेनगाई, गोस्वामी, ऋषिदेव, धानुक, माक्रा, कोच, देशीनाई, देशिमाझि, देशीग्वाल (यादव), चमार, किसान, धिमाल, मेचे, सन्थाल, कोचिला थारु, देशी मुस्लिम इत्यादी जातजातिहरु कोचिला सभ्यताका जाती समुदाय हुन। धिमाल, मेचे र सन्थालको छुट्टै आफ्नो मातृभाषा रहेता पनि यिनिहरुको रितिरिवाज र सांस्कृतिक संस्कारहरु कोच राजवंशी सभ्यताको जस्तै मिल्दोजुल्दो रहेको पाइन्छ। देशी मुस्लिमहरुको धर्म संस्कार फरक भएनी बोलिचालिको भाषा भने कोचिला सभ्यताकै छ। बहु जातिसमुदायको साझा भाषा, धर्म, सभ्यता र संस्कृतिको मुख्य मुहान नै कोचिला सभ्यता नैं हो। कोचिला सभ्यता तथा राजवंशी सभ्यता पुरातात्विक सभ्यता हो, आदिम सभ्यता हो। यसमा कुनै मिलाबट र मिसावट छैन। पृथ्बिको उत्पत्ति संगै कोचिला सभ्यताको पनि बिकास भएकै हो। बृटिसको आक्रमण पुर्व र २२से र २४से राज्यहरु गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरणको क्रममा तत्कालिन बृहत् कोचबिहार राज्य अन्तर्गत रहेको मोरङ (झापा, मोरङ र सुनसरी जिल्लाहरु) लाई बिजयी गर्न सकेको थिएन। भारत स्वतन्त्र भएपछी कोचबिहारको अन्तिम राजा जगदिपेन्द्र नारायण भुप बहादुर र इन्डियन चान्सलर संगको दुई पक्षिय सहमतिमा कोचबिहार राज्य तत्कालिन मोरङ्लाई बाहेक भारत गणराज्यमा सम्मिलित गराए पछि नेपाल भित्रको मोरङमा बसोबास गर्ने कोचिला सभ्यताको जिवित इतिहास लिखित रुपमा कुनै पनि इतिहासकारहरुले नलेख्नुको कारण कोचिला अस्तित्वलाई निमिट्यान्न पार्ने सुनियोजित आक्रमण तथा हस्तक्षेप नै थियो र हो। कालाज्वरो जस्ता महामारीमा थलिएका कोचिला क्षेत्रमा बसाई सर्दा वा औला देखाउदा नि ज्यान खतरामा पर्ने भ्रम छरेका पहाडी समुदाय आज हाम्रा मालिक भएका छन र हामी रैथाने भुमिपुत्रहरु चारै दिसावाट दास बन्न बिवस भएका छौ। राजनितिक हस्तक्षेप र शक्तिको बाडफाडले व्युरोकेरेट नियुक्ती, सत्ता र न्यायलयमा हाम्रो पहुच हुन सकेको छैन। सेवा सुबिधाको नाउमा आन्तरिक बसाई सराईका कारण हाल हाम्रो जाती समुदायको संख्याको कुरा गर्ने हो भने अरु जातीसमुदाय भन्दा कम पाउनुको कारण राणा शासनको उदय पछि र २००७ साल पछिको बढ्दो बाहृय आप्रवासन, नागरिकता समस्या र भूमिसुधार कानुन नै हो। खास गरि आसाम, मणिपुर, ब्रम्हा (म्यानमार), दार्जिलिङ, भूटान र पहाडी जिल्लाहरुबाट बसाईसराईका नाममा आप्रवासन र पुर्नवास कार्यक्रम मार्फत झापा र मोरङमा बसाएका पहाडी बस्तिहरुका कारण कोचहरुको संख्या पहाडी जाती समुदायका कारण तुलानात्मक रुपमा कम देखिए पनि यस कोचिला सभ्यताको आफ्नै मौलिक बिशेषता रहेको छ। 

      चारकोसे जंगल वरिपरि पुर्नवासको नाउमा पहाडी समुदायलाई राख्ने र जंगल फाडी कमाउनका लागि कैयौ बिघा जग्गा प्रती ब्यक्ती बितरण गर्ने तत्कालिन शाही सरकारनै हुन तर यहिका सुकुम्बासी भूमिपुत्रले पाएनन। लुटधन्दा चलाएर घना चारकोसे जंगल फडानी गर्ने र कर्मचारी र प्रशासन को मिलेमतोमा तस्करि गरेर सम्पत्ति जोड्ने पहाडी समुदायनैं हो। बन संरक्षणको नाउमा सामुदायिक समितिहरु बनाए पनि बन अब बन रहेन, गौचरण भएको छ।  तथापी त्यतिखेरका सुकुम्बासी कोच राजवंशी समुदायलाई बस्नकालागी जग्गा बितरन नगरिनु पनि राज्यले कोचहरुलाई हेर्ने नश्लिय दृस्ठिकोणनैं भिन्न थियो। पुस्तौ पुस्ता यहि माटोमा बितिसककेका पुर्खाहरुको रैथाने भूमिपुत्रहरुले नागरिकता नपाउनु र भाषाकै कारण पहाडियाहरुले नागरिकता पाउनु झनै उग्र जातिबादी देखिन्थ्यो। रास्ट्रको सम्पत्ती हरियो बन नेपालको धन मास्ने पनि राज्य संञ्चालनमा रहेका तत्कालिन पार्टी कांङ्ग्रेस र एमालेनैं हुन। सोझा सिधा कोचहरु यहाँको किसान र जमिन्दार  भएपनी कुत र लगानका नाउमा नत्थी लाउदै आर्थिक अवस्था कमजोर पार्ने र भूमिसुधार कानुन मार्फत कोचहरुको जमिनलाई साघुरो बनाउदै जाने राज्यव्यस्थाले सम्भ्रान्त कोचहरुको अस्तित्व खुम्चिन पुगेकै हो। देउनिया, चौधरी, पटुवारी, कानगोई पदवी श्री ५ सरकारवाट पदवी पाएका यी सम्भ्रान्त कोचहरुको अस्तित्व निमिट्यान्न पार्ने काम पनि राज्यसत्ताबाटै भएको हो। आज यी तितो यथार्थ कुराहरु लेख्दै गर्दा जातिबादीको हौवा दिनेहरुको जमात पनि नभेटिएला भन्न सकिन्न। जहानिया राणा शासनबाट आक्रान्त जनता, २००७ सालमा प्रजातन्त्रको बहाली पश्चात् पनी कोचहरुले चैनको श्वास फेर्न पाएनन। जमिन्दारहरुको टाउको छिनाउने अभियान चलाइरहेका बामपन्थीहरुले किसान आन्दोलनको नाउमा कोचहरुको निद्रा हराम गरेको थियो। २०४७ को संबिधानको विरुद्धमा जनयुद्ध शुरुवात गरेका माओवादी पार्टिले जातिय मुक्ती हुने र कोचिला स्वायत्त गणराज्य प्राप्त हुने आस्वासनले माओवादी पार्टिको बफादार सिपाही भएर युद्धमा सहयोग गरेका कारण भूमिपुत्र कोचहरुले केही राहत महशुस गरेको थियो। तर संघिय लोकतान्त्रिक गणतन्त्रको जगमा नौलो बैज्ञानिक समाजबादको लक्ष्य लिएर अगाडि बढेको पार्टी माओबादी टुक्राटुक्रा हुदा कोचिला गणराज्यको पनि अस्तित्वमाथी नै प्रश्न चिन्ह लाग्न पुग्यो। तत्कालिन माओवादी पार्टिका नेता तथा वर्तमान नेकपा को महासचिब कं. नेत्र बिक्रम चन्द (बिप्लव) द्वारा झापाको मुक्तिचोक बिर्तामोडमा कोचिला राष्ट्रिय मुक्ती मोर्चाको केन्द्रीय अध्यक्ष कं. पुर्ण प्रसाद राजवंशी (सूर्य) लाई कोचिला प्रदेसको मुख्यमन्त्री घोषणा गरेको जिबित उदाहरण आलैकाचै छ। तर राजनितिक उथलपुथल र अस्थिर सरकार र संघियता बिरोधिहरुको अराजक गतिबिधि र माओबादी पार्टिले पनि सत्ता लोलुपता र पहिचानको मुद्धाहरु छोडेकै कारण संघियताका संरचनाहरु परिकल्पना भन्दा भिन्न देखिन थालिएको छ। हिजो पहिचान र सांस्कृतिक आन्दोलनमा क्लियर कित्ता बोकेर हिड्नेहरु आज न कोचिला सभ्यताको कुरा गर्छ न त कोचहरुलाई स्थापित गर्न राजनैतिक अधिकार दिलाउन कोहि बोल्न चाहन्छ। बमबारुद बोकेर कोचिला सभ्यता मुक्तिको लागि जनयुद्ध लडेका धेरै कोचहरु शहादत भए। तर कोचिलाको वास्तविक ईतिहास माथी धावा बोल्दै कोचिला प्रदेस र अस्तित्वनै स्वीकार गर्न नचाहने संकिर्ण भावना बोकेका पहाडी जनजातिहरु अति जातिबादी र घोर पहिचानवादी बनेर पहिचानको मुद्धालाई उग्र रुप दिएर जातिय युद्धतिर धकेल्न खोजिएको छ। पुर्वी मधेशको कोचिला सभ्यतालाई निमिट्यान्न पारेर १४ जिल्लाको नाउँ  लिम्बुवान किराँत कदापी भूमिपुत्रहरुले स्वीकार्दैनन। नश्लिय शासकहरुद्वारा प्रताडित जसरी कोच राजवंशिहरु छन त्यसरिनै पहाडका जनजातिहरु पनि उत्तिकै पिडित रहेकोले लिम्बुवान किराँत नामले मात्र एउटा पिडितले अर्को पिडितलाई झन पीडा दिनु अशोभनिय हुन्छ अति र घोर अत्याचार हुन्छ, सहिय हुन सक्तैन। तसर्थ: यो भूल जनजातिहरुले नगरुन। आफ्नो पहिचान, पहिचान र आफ्नो अस्तित्व, अस्तित्व मात्र देख्ने नश्लबादी चिन्तन भएका जनजातिहरु मधेश भित्रको कोचिला किन देख्दैनन? पहाडी जनजातिहरुले मधेशका भूमिपुत्रहरुको कोचिला सभ्यता नदेख्नू बिडम्बनाको कुरा हो। अब त्यसो हुनु हुदैन। यदि बास्तवमा पहिचानको आन्दोलन सफल पार्ने हो भने सबैको अस्तित्व स्वीकार्य हुने खालको प्रदेसको नामांकरण हुनुपर्छ अन्यथा कोचिला सभ्यताको लागि पुर्वी मधेशका जिल्लाहरु आठौ प्रदेसका लागि सडकमा आउनेछन, आउनुपर्छ र हालको प्रदेसलाई टुक्र्याइनुपर्ने प्रमुख माग सहित आउनुपर्छ। अब कोई बस बोल्छन त केबल फलानो र ढिस्कानो छापमा भोट हाल्नलाई त अब कोचहरु चुक्नेबाला छैनन र चुक्नु हुदैन। त्यसको जवाफ दिन सक्नुपर्छ। तसर्थ: अब कोचिला सभ्यता बिना कोचहरुको अस्तित्व नरकतुल्य हुन्छ जसले गर्दा कि त शरणार्थी भएर बस्नु पर्ने बाध्यता आउन सक्छ। त्यसैले अव संघर्षद्वारा बागडोर सम्हाल्ने जिम्मा तमाम कोचहरुले लिन तयार रहनुपर्छ। यी २ टा बिकल्प मध्ये जमिनको मालिक चुन्नुपर्ने बेला आएको छ अन्यथा मणिपुरमा भएको हिंसा जस्तै आफ्नै गाउठाउमा कोच रैथानेहरुको घरमा आगो झोसेर खरानी पारिने काम हुन्न भन्न नसकिएला नि? आजको कोशी प्रदेस वा पुर्न नामांकरण हाम्रो चाहना होइन केवल हामिलाई चाहिन्छ त भिन्न-अलग झापा, मोरङ, सुनसरी र उदयपुर सहित ८ औ बहुल जातिय पहिचान सहितको कोचिला राज्य जसले हरेक जातजाती, धर्म, संस्कृती र संस्कारको रक्षा गर्दै समृद्ध एवम शक्तिशाली प्रदेसको निर्माण कार्यमा टेवा पुग्ने काम हुन्छ। तसर्थ: झापा देखि उदयपुरका आम जिल्ला वासिहरुसंग आग्रह के छ भने अब बहु पहिचान सहितको (हालको प्रदेसलाई टुक्रायाएर) मधेश भित्र कोचिला प्रदेस निर्माणको कार्यक्रममा जुटौं र संघर्षको तयारी गरौं।
(पुर्व केन्द्रीय अध्यक्ष कोचिला गाभुर फ्रन्ट)

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ९ : ०४ बजे