१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा गाउँपालिकामा तालिमै तालिम, वेराेजगार युवालाई स्वराेजगार बनाउने



झापा बजार २५, वैशाख / युवालाई स्वरोजगार बनाउने उदेश्यले झापा गाउँपालिकाले करिब एक सय जना युवाका लागि ड्राइभिङ तालिम सुरु गरेको छ ।
गाउँपालिकाका अध्यक्ष जयनारायण साह र उपाध्यक्ष अन्जुदेवी थपलियाले एक कार्यक्रमकाे आयाेजना गरी संयुक्तरूपमा उक्त तालिमकाे उद्घाटन गरेका छन् ।

बेरोजगार युवालाई लक्षित गर्दै गाउँपालिकाले जीप, कार, ट्याक्सी जस्ता साना गाडी चलाउने एक महिने ड्राइभिङ तालिम सुरु गरेको हो । ड्राइभिङ तालिम लिएका कोही पनि युवा बेरोजगार भएर बस्नु नपरोस भनेर ड्राइभिङ तालिम सुरु गरिएको अध्यक्ष शाहले बताए । करिब १० लाख रूपैयाँकाे लागतमा उत्त ड्राइभिङ तालिम गर्न लागेकाे गाउँपालिकाका अध्यक्ष साहले बताए
साथै झापा गाउँपालिकाले लोकसेवा शिक्षा सम्बन्धि तालिम संचालन गरेकाे छ । गाउँपालिकाका अध्यक्ष जयनारायण साहकाे अध्यक्षताका उक्त कार्यक्रमकाे उद्घाटन भएकाे हाे ।
अध्ययनमा सहयोग पुर्‍याउने तथा बेरोजगारी समस्यामा केही टेवा पुर्‍याउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो । झापा गाउँपालिकाले आयोजना गरेको लोकसेवा शिक्षा सम्बन्धी १ महिने तालिमको उदघाटन गर्दै अध्यक्ष शाहले दक्ष जनशक्ति उत्पादनका लागि सहयोग पुगोस भनेर लोकसेवा शिक्षा सम्बधि तालिम गाउँपालिकाले दिन लागेको बताए । बेरोजगारी समस्या समधान गर्न पालिकाले विभिन्न खालका तालिम दिने गरेको बताउदै अध्यक्ष साहले नमुना पालिका बनाउन आफुहरुको कसरत जारी रहेको स्पष्ट पारे ।
कार्यक्रममा पालिकाकी उपप्रमुख अन्जुदेबी थपलियाले रोजगार मुलक र व्यवहारिक शिक्षा अहिले को आवश्यकता ठानेरनै लोकसेबा सम्बधि तालिम दिन लागिएको बताईन् । उनले तालिम अबधिभर मिहिनेतका साथ अध्ययन गरी तालिमलाई उपलब्धिमुलक बनाउन सहभागीलाई आग्रह गरिन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : १९ बजे