१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025

नागरिक पार्टी कोशी व्यूरोको बैठक सम्पन्न




देवेन्द्र आलाेक
इटहरी ,२९ साउन /नेपाली नागरिक पार्टी कोशी व्यूरोको बैठक इटहरीको तरहरामा सम्पन्न भएको छ। राष्ट्रियता,बैकल्पिक लोकतन्त्र, संबिधान संशोधन सभाको माध्यमबाट ‘सनातन हिन्दूराष्ट्र नेपाल’को पक्षमा आन्दोलन गर्ने निर्णय गरेेको छ ।

हाल देशको हित विपरित हुन लागेको विदेशी परियोजना एमसीसी र नेपाली नागरिकको घातक भएको ठहर गर्दै बर्तमान सरकारले संसदबाट पास गर्ने तयारीमा रहेको अवस्थामा उक्त सम्झौता पारित गर्नबाट रोक्न दबाबमूलक आन्दोलन गर्ने, हत्या,बलत्कार,देशमा भईरहेको बढ्दो इसाई धर्मान्तरण, नेपाल भारत सिमा क्षेत्रमा भारतीय पक्षबाट हुने गरेको नेपाली नागरिक माथिको ज्यादतीका बिरुद्व समेत भण्डाफोर अभियान चलाउने निर्णय गरेको छ।
पार्टी कोशी ब्यूरो इन्चार्ज राज कुमार गिरीको अध्यक्षता र पार्टी राष्ट्रिय अध्यक्ष रामचन्द्र बानियां क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले भ्रष्टाचारी कालाबजारी,जातीय बिभेदलगायत सामाजिक अपराधका प्रमुख बिषयलाई लिएर संघर्ष गर्ने निर्णय गरेको छ।
बैठकले बर्तमान संसदीय शासन व्ययवस्था धर्म निरपेक्षताका कारण देशमा बढदो जातीय-धार्मिक द्वन्द्व र इसाई धर्मान्तरणको खतराबाट नेपाली समाजको एकतालाई भत्काउने देशी-विदेशी खतरा बढेकोले देशमा धर्म निरपेक्षता सहितको बर्तमान संसदीय ब्यबस्थाबाट विद्यमान राष्ट्रिय समस्याको समाधान नदेखिएको हुदाँँ पार्टीले अघि सारेको ‘सनातन हिन्दूराष्ट्र नेपाल ‘सहितको नबिन बैकल्पिक लोकतांत्रिक व्ययवस्थाकाेे पक्षमा ‘जनमत संग्रह’को मागलाई नेपाली नागरिक बीच गई अभियान चलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ३ : ५८ बजे