१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकी १२ बर्षिया बालिकालाई सशस्त्रका सहायक प्रहरी निरीक्षकद्वारा जबरजस्ती करणी गरेकाे आराेप


२४ मंसिर २०७७, बुधबार  

0
Shares

गाैरीगंज २४, मंसिर / गाैरीगंज स्थित सशस्त्र सीमा सुरक्षा बलमा खटिएका एक जना प्रहरीले संथाल समुदायका १२ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. २ लालमाटी बस्ने बुद्धीलाल हास्दाकी छाेरी १२ बर्षियाबालिका लाई आईतबार राती ९.३० बजे घरमा सुतिरहेकाे बेला सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) मा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सुर्य कटुवालले जबरजस्ती करणी गर्ने प्रयास गरेकाे आराेप लागेकाे हाे ।
पिडित बालिकाका बाबुका अनुसार आइतबार राति ९ .३० बजेतिर घरमा सुतिरहेकाे अवस्थामा घरभित्रै प्रवेश गरी कटुवालले जबर्जस्ती करणीको प्रयास गरेकाे थियाे ।
बालिका चिच्याएको सुनेपछि बालिकाकी आमा घटना स्थल आइपुगेकी थिइन् । आमाले कटुवालकाे लुगाकाे कलर समातेर कटुवाललाई बाहिर तानेकी थिइन् ।
अामालाई हातले झट्काएर कटुवाल घटनास्थलबाट बाहिर राखिएकाे साईकलमा भागेका थिए ।

साेही घटनालाई लिएर बालिकाका बुवा जाहेरी दिन साेमवार दुईवटा माेटरसाईकलमा गाैरीगंज आउन लाग्दा बीच बाटाेमा सादा पाेशाकका दुई जना प्रहरी जवानले राेकेका थिए । ‘ किन जाहेरी दिन्छाै, पैसा खर्च हुन्छ बरू मिलापत्र गरिहाल भन्दै ती सादा पाेशाकका दुई जना जवानले बाटाे छेकेर घर फर्काएका थिए – पिडित बालिकाका बुुुवाले भने ।
काेराेबारी प्रहरी चाैकीमा उजुरी पत्र नलिएपछि उनीहरू त्यसकाे भाेली साेमबार ईलाका प्रहरी कार्यालय गाैरीगंज अाउन लागेका हुन् ।
पिडित बालिकाकी बुबालगायत गाउँलेहरू जाहेरी दिन ईलाका प्रहरी कार्यालय गाैरीगंज आज आउने छिमेकी कन्दा किस्कुले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : ३६ बजे