१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तीनै जनाको रिपोर्ट नेगेटिभ, गलत हल्लाको पछि नलाग्न आग्रह


२४ जेष्ठ २०७७, शनिबार  

0
Shares

20200607_033335

बिर्तामोड २५, जेठ/
झापाको बिर्तामोडमा रहेको पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा गरिएको आरडीटी परीक्षण गर्दा पोजेटिभ आएका तीन जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतका अनुसार ३ जनाको आरडीटी पोजिटीभ देखिएपछि पीसीआर परीक्षणको लागि पठाइएको थियो । तर, तिनै जनको पीसीआर नेगेटिभ आइसकेको छ ।
सरकारले निजी अस्पतालले समेत कोरोना परीक्षण गर्न सक्ने भनेपछि बिर्तासिटीले किट ल्याएर आरडिटी परीक्षण शुरु गरेको थियो । तर केहि ब्यक्तिले गलत हल्ला फैल्यिाएपछि अहिले परीक्षणको काम बन्द गरिएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए ।
स्थानीय नागरिकमा फैलिएको डर त्रासका कारण परीक्षण गर्न सकिने अवस्था नरहेको भन्दै कार्यकारी निर्देशक बस्नेतले कोरोनासंग मिल्दो जुल्दो बिरामी आएमा मेची अस्पताल तथा धरान पठाउने जानकारी दिए ।
बिर्तासिटीमा कोरोना पुष्टि भएको बिरामी फेला परेको असत्य सूचना बाहिर व्यापक फैलिएको छ । बस्नेतले गलत सूचनाको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ९ : ५१ बजे