१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025

गाैरीगंजकाे महेन्द्रनगर बसपार्कमा टहरा निर्माण कार्य शुरू


१६ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200529_193735

गौरीगंज १६, जेठ /  गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेको महेन्द्र नगर बसपार्कमा व्यवसायिक पक्की टहरा निर्माण हुने भएको छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको उपस्थितिमा वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादवले उत्त निर्माण हुन लागेको टहराको आज शिलान्यास गरेका छन् ।
सरकारको भौतिक पूर्वाधार विकास योजनाको १५ लाख रुपैयाँ र वार्ड नं. ६ को वडा सिलिङ्ग बजेटको ८ लाख रुपैयाँ गरी जम्मा २३ लाख रुपैयाँबाट ८ वटा सटरसहितको टहराहरु निर्माण हुन लागेको उपभोक्ता समितिका अध्यक्ष गोपाल पौडेलले जानकारी गराएका छन् ।
व्यवसायिक रुपमा निर्माण हुन लागेको टहराहरु यहि असार मसान्तसम्म तयारी हुने गरी कार्य अघि बढाएको उपभोक्ता समितिका सचिव नन्दराज थापाले बताए । गौरीगंज गाउँपालिकाको सबैभन्दा पुरानो वसपार्कको रुपमा चिनिएको महेन्द्रनगर बसपार्क ओझेलमा पर्दै आएको छ ।

बसपार्कलाई व्यवस्थित र अत्याधुनिक तरिकाबाट निर्माण गर्न केही महिना अघि यसको डिपीार ( विस्तृत अध्ययन प्रतिवेदन) तयार भईसकेको भनी यस कोचिला न्युज अनलाइनमा समाचार आएको थियो । तर अन्तिम समयमा वसपार्कमा टहरा निर्माण गर्न उपभोक्ता समिति निर्माण भई कार्य अघि बढाएको छ ।

बस पार्कमा बन्न लागेको टहरा र अन्य भौतिक पूर्वाधार डिपिआर अनुसार नै क्रमिकरुपमा निर्माण हुने गरी कार्य अघि बढाएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

गाउँपालिकाकाले ५ लाख भन्दा बढीको बजेट भए टेण्डर प्रक्रिया मार्फत योजना सञ्चालन गर्ने कार्यपालिकाको निर्णय भएपनि यो बस पार्कको टहरा निर्माणका लागि विनियोजन भएको २३ लाख रुपैयाँको भने उपभोक्ता समितिद्वारा योजना सञ्चालन गर्दैछ । गाउँपालिकाका अध्यक्ष श्रेष्ठले विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीका कारण यो वस पार्कमा विनियोजन भएको बजेट टेण्डर प्रक्रियामार्फत सञ्चालन गरे समय अभाव भई वजेट फ्रिज हुने भयले उपभोक्ता समिति मार्फत गर्न लागेको बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  १ : ५३ बजे