५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

घरमा भित्रे पात्राे नभएपछि तिथि मितिमा अलमल


१३ बैशाख २०७७, शनिबार  

0
Shares

20200425_165846

गाैरिगंज १३, बैशाख / विश्वब्यापी काेराेना भाईरसकाे संक्रमणबाट वच्न जारी बन्दाबन्दीबीच नयाँ वर्ष २०७७ शुरू हुँदा धेरै नेपालीका घरमा भित्तेपात्राे उपलब्ध हुन सकेन ।

पात्राे ( पञ्चाङ्ग) माघ पहिलाे साता नै बजारमा अाईसकेपनि बन्दाबन्दी शुरू हुनु अघिनै भित्तेपात्राे बजारमा यथेष्ट मात्रा आईसकेकाे थिएन । बजारमा आउन लागेका भित्रेपात्राेलाई पनि काेराेनाकाे त्रासले प्रभाव पारेकाे थियाे ।
चीनकाे वुहानमा पुसमै शुरू भएकाे काेराेनाकाे प्रभावसंगै त्यसकाे प्रभाव पनि नेपालमा पनि पर्न थालेकाे थियाे ।
चीनमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीलाई स्वदेश ल्याएपछि धेरै नेपालीमा त्रास फैलिएकाे थियाे । याे त्रास र सबै काम अन्तिममा गर्ने हाम्राे बानीका कारण पनि धेरै नेपालीले बजारबाट पात्राे किनेका थिएनन् । चैतकाे मसान्तसम्ममा किन्ने साेचमा रहेकालाई चैत ११ गतेदेखि नै शुरू भएकाे बन्दाबन्दी चैत मसान्तसम्म पनि नखुल्दा किन्ने अवसर जुटेन ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने प्रकाश चन्द्र राजवंशी आफ्नाे घरमा भित्तेपात्राे नहुँदा नयाँ वर्ष अाए पनि नआए जस्ताे लागेकाे बताउँछन् । गते, बारलगायत विषय हेर्न प्रयाेग गरिने पात्राे भित्तामा नहुँदा दैनिक जसाे कुन बार हाे भन्दै अलमलमा परेकाे उनकाे अनुभव छ ।

सूचना विभागबाट प्रकाशन हुने वर्षभरकाे विदालगायत आधिकारिक विवरण हुने भित्तेपात्राे यस वर्ष पाउन नसकिएकाे धेरै मानिसकाे गुनासाे छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिसंगकाे सहकार्यमा विभागले तिथि, मिति, चाडपर्वलगायतकाे आधिकारिक जानकारी पनि दिने गरेकाे छ ।

समितिबाट स्वीकृत भई पात्राे प्रकाशन भएर बजारमा गएपछि त्यसैका अाधारमा धेरै सरकारी कार्यालय, संघ संस्था, बैंक, सहकारीलगायत वित्तीय संस्थाले प्रकाशन गर्ने गरेका भित्तेपात्राे पनि यस वर्ष प्रभावित भएका छन् ।
नेपालमा प्रकाशित भईरहेकाे पात्राेमध्ये सबैभन्दा पुरानाे ताेयनाथ पन्तकाे पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले सामाजिक सञ्जालमा दुःख प्रकट गरे । पन्तले चतुर्भज प्रकाशन मार्फत पात्राे सजिलाेकाे लागि दुईथरी भित्रेपात्राे र गाेजी पात्राे पनि प्रकाशन गर्दै आएका छन् ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले प्रत्येक महिनाकाे संक्रान्तिका दिन गुरु पुराेहितबाट मास फल सुन्ने गर्छन् । घरमा पात्राे नभएकाे र बन्दाबन्दीका कारण गुरु पुराेहित आउन नसकेकाले बैशाख संक्रान्तिमा याे परम्परामा समेत प्रभाव पार्याे । साैर मास अनुसार वर्षका १२ संक्रान्तिलाई पर्वका रूपमा मनाउने शास्त्रीय विधि छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ११ : १७ बजे