१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महामन्त्री भए पछि विश्वप्रकाश पहिलो पटक गृह जिल्ला झापा आउँदै



झापा ५, पुष / नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भए पछि विश्वप्रकाश शर्मा पहिलो पटक पुष ७ गते गृह जिल्ला झापा आउँदै हुनुहुन्छ । महामन्त्री शर्माले ७ गते दिउँसो बिर्तामोडस्थीत अग्रसेन भवनमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको महामन्त्री शर्माको सचिवालयले प्रेस बिज्ञप्तीमार्फत जानकारी गराएको छ ।


आफ्नो कर्म भूमिलाई सम्मान गर्न महामन्त्री शर्मा झापा आउन लाग्नु भएको शर्माको सचिवालयका सदस्य पुष्पराज पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुसार पुष ७ गते बुधबार महामन्त्री शर्मा चन्द्रगढी बिमानस्थलबाट सोझै अग्रसेन भवन बिर्तामोड पुग्ने र कार्यक्रममा सहभागि हुनुहुने कार्यक्रम रहेको छ ।


बिचार प्रचार अभियानको संयोजनमा बुधबार दिउँसो १ बजे अग्रसेन भवनमा हुने कार्यक्रममा सहभागिताका लागि महामन्त्री शर्माको सचिवालयले सबैलाई आग्रह गरेको छ । 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १ : ४२ बजे