३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

काेराेना संक्रमणले अकालमा कसैकाे ज्यान नजाओस भन्दै आदिवासी महिलाहरूले गरे पुजा


१३ चैत्र २०७६, बिहिबार  

0
Shares

20200326_232459

आत्माराम राजवंशी 

गाैरीगंज १३, चैत / गाैरीगंज गाउँपालिकाकाे ग्रामीण क्षेत्रमा कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै आदिवासी समुदायकका महिलाहरूले महाराजथानमा गई पुजाआजा गर्नुकाे साथै दिप प्रज्जवलन गरेका छन् ।
नेपालमा पनि कोरोना संक्रमित युवती फेला परेको समाचारसंगै देश पूर्णरुपमा लकडाउनमा रहेको बेला गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ काे खजुरगाछी , देवीगंज , वार्ड नं. ५, ४, १ , २ र ३ का ग्रामीण वस्तीका आदिवासी महिलाहरूले आफ्नाे परिवार र आफन्तलगायत जनतामा कोरोना लगायतको कुनै पनि प्रकारको संक्रमणले अकालमा ज्यान नजाओस भन्दै महाराजथानमा पुजाआजा गरेका हुन् ।
20200326_232448
उनीहरूले महाराजथानमा पुगेर पुजाआजा गर्दै देशवासीकाे दिर्घ जिवनकाे कामनासहित काेराेनाकाे संक्रमण नफैलियाेस भनेर महाराज देवतासंग याचना गरेका थिए ।
नेपाल देश र नेपाली दैवीशक्तिमा आशक्त भएकाले र जस्तोसुकै संकटमा पनि ईश्वरप्रति विश्वास मान्दै संकटमोचनको कामना गर्दै आएको र अहिले पनि विश्भर फैलिएको कोरोना भाइरसबाट देशबासीको रक्षाको कामनासहित यस्तो याचना गरेकाे नेमवती राजवंशीले बताईन् ।
काेराेना भाईरसकाे संक्रमण फैलिईदै गएकाे अवस्थामा महाराजथानमा गई दियाे बाल्दा उत्त दियाेकाे आगाेले भाईरसहरू जलेर नष्ट हुने जनविश्वास  रहेकाे समाजसेवी पर्वत राजवंशी बताउँछन् ।
‘म सानाे छँदा यस्तै महामारी भएकाे थियाे । गाउँका गाउँ मानिस हैजा र फाैती महामारीले मरेका थिए । मरेका मानिसहरूकाे लास फ्याक्ने मानिस थिएनन । गाउँ नै खाली हुन्थ्याे । उनले सानाे छँदाकाे क्षण सम्झदै भने – ‘ त्यसबेला नि हामीले हाम्राे हजुरबुवा र बुबाहरूले आफ्नाे कुल देवता र महाराजथानमा गई पुजा गरेका थिए । ‘ उमेरले ७० बर्ष कटेका राजवंशी भन्छन् – ‘तेतिबेला ‘भगवती’ लागेकाे भन्दै मानिसहरू घरबाट बाहिर निस्किदैनथे । मानिसमा त्रास थियाे । हाहाकार थियाे । ‘ घर अाँगनमा धुपवती बालिन्थ्याे उनले बताए ।

अधिकांस दक्षिणी भेगका ग्रामीण आदिवासी महिलाहरूले काेराेना भाईरसकाे संकटबाट बच्न विभिन्न शक्ति पीठहरूकाे नाममा भाकल समेत गरिरहेका छन भने परिवार, आफन्त र देशवासीका नाममा समेत उनीहरूले पुजाआजा गरिरहेका छन् । जबसम्म याे काेराेना भाईरसकाे संक्रमण हट्दैन तबसम्म महाराजथानमा दिपप्रज्जवलन गर्ने र महाराजलाई याचना गरिरहने गाैरीगंज गाउँपालिका वार्ड नं ६ कि सागवती राजवंशीले बताईन् ।

20200326_232544

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ५ : ५३ बजे