१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

धानकाे उचित मूल्य नपाएपछि किसानहरू निराश


२३ मंसिर २०७६, सोमबार  

0
Shares

20191209_204502

काेचिला संवाददाता
गौरादह २३, मंसिर /कृषि पेसालाई मुख्य पेसा मानि धान खेती गर्दै आएका किसानहरुले धानकाे उचित मूल्य नपाउदा निराश भएका छन। मंसिर लागेसंगै किसानहरूले लगाएकाे धान बाली पाकेकाे छ। धान माडेर बिक्री गर्ने समयमा धानकाे मुल्य न्यून छ।विशेष गरि किसानहरूले रंजित र सर्ना जातकाे धान लगाउने गरेका छन।ब्यापारीहरुले अहिले रंजित धान ९४० र सर्ना घान ८७० रुपैया प्रति मनका दरले खरिद गरिरहेका छन।गत बर्ष मंसिर महिनामा रंजित १ हजार ५० र पछिल्लो समयमा १ हजार १ सय ६० रुपैया सम्ममा खरिद बिक्री भएकाे गौरादह उद्योग बाणिज्य संघ प्रथम उपाध्यक्ष अशाेक चुडाल बताउछन। गौरादहकाे धाेबिनियामा लामाे समयदेखि धान काँटा गर्दै आएका ब्यबसायी चुडालले गत बर्षकाे भन्दा यश बर्ष धानकाे मुल्य कम भएकाे स्वीकार गर्छन।हाल सम्म बासमती धानकाे मुल्य नखुलेकाे पनि उनले जानकारी गराए। सरकारले ताेकेकाे समायाेजन मुल्य समेत नपाएको किसानहरूले गुनासो गरेका छन।आफुले उत्पादन गरेकाे धानकाे मुल्य ब्यापारीहरुले मनाेमानी ढङ्गले कम मुल्यमा खरिद गर्दा किसानहरु मारमा परेकाे ऊनिहरुकाे गुनासाे छ।अन्य राेजगारी नभएका गाउमा बसेर खेती किसानी मात्र भएका किसानहरुकालागि याे पेसा चुनौति पुर्ण भएकाे किसानहरुकाे बुझाई छ।किसानहरुले खरिद गर्ने तिउन, तरकारी, लत्ताकपडा, माछा, मासु तथा अन्य कम्पनीबाट उत्पादित सम्पुर्ण सामाग्रीहरु महङ्गो तर किसानहरूले उत्पादन गरेकाे बिक्री गर्ने बालि भने सस्तो मुल्यमा बिक्री गर्नु पर्दा आफुहरु मारमा परेकाे किसानहरु बताउछन।किसानहरुकाे मेहेनत र कमाई एक मन धानकाे मूल्य एक के.जि. मासु बराबर भएकाे गौरादह -२ का किसान लाेक बहादुर खड्का बताउछन।आफुले उत्पादन गरेर चलाउनु पर्ने भन्दा घरमा आबस्यक पर्ने समान बढी खरिद गर्नु पर्ने भएकाले अन्य आम्दानीकाे स्राेत नहुदा धान बिक्री गर्नु पर्ने बाध्यता रहेकाे गौरादह -७ का किसान मित्र बहादुर बस्नेत बताउछन। ठुलाे लगानी र धेरै दु:ख गरेर किसानहरुले धान उत्पादन गरेपनि आफुलाई खान राखेर बढी भएकाे धान बिक्री गर्ने समयमा लगानी भन्दा कम मुल्यमा बृच्नु पर्दा आफुले गरेकाे लगानी समेत नउठेको किसानहरुले गुनासो गरेका छन।कृषि पेशामा आधुनिकताकाे नाममा ट्याक्टर प्रयाेग गरि खेत जाेताउदा लागेकाे खर्च महङ्गो मुल्यमा खरिद गरेकाे मल र जनमजदुर आफ्नो मेहेनतकाे खर्चकाे हिसाब गर्दा धान खेती गर्नु भन्दा आफ्नो खेती छाेडेर जग्गा धनिनै जनमजदुर गर्न जादा फईदा हुने किसानहरु बताउँछन्। पुरानाे खेती प्रणालीमा गाेरु लगाएर खेती गर्दा खर्च केही कम लाग्ने भएपनि आधुनिक उपकरण प्रयाेग गर्दा काममा छिटाे भएतापनि लगानी बढी भएकाे किसानहरु बताउँछन् । गौरादह -७ का किसान मदन रिजालले हामीले उत्पादन गरेकाेे खाद्यान्न बालि धानकाे मूल्य नभएकाे र सरकारी निकाय वा कुनै संघ संस्थाबाट राहात पनि नपाएकाले अब किसानहरुले धानकाे बिकल्प खाेज्ने समय आएकाे बताएका छन।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ३ : ०३ बजे