१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे एघाराै गाउँसभामा वजेट नीति तथा कार्यक्रम सार्वजनिक, कुल बजेट ४७ कराेड भन्दा बढी




गाैरीगंज १०, असार / गाैरीगंज गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/८० काे वजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएकाे छ ।
गाउँपालिकाकाे सभाहलमा आज शुक्रबार सम्पन्न एघाराैं गाउँसाभामा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिईन ।
गाउँपालिकाले ‘ कृषि, स्वास्थ, शिक्षा, उद्योग र आर्थिक विकासमा उन्नति, दीगाे विकाससहित गाैरीगंजकाे समुन्नति ‘ मुल नारा तय गरेकाे छ । गाउँपालिकाले माध्यमिक तह ११र १२ अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षाकाे व्यवस्था मिलाउने र एमबीबीएसमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई अांशिक छात्रवृत्तिकाे व्यवस्था मिलाउने अध्यक्ष राजवंशीले बताईन् ।

गाउँपालिकाद्वारा सञ्चालित प्रसुति केन्द्रमा सुत्केरी हुन नसकी अन्यत्र रेफर गर्नु पर्ने अवस्था भएका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरीहरूलाई नजिककाे अस्पतालसम्म पुर्याउन नि:शुल्क एम्बुलेन्स सेवा उपलब्धि गराउने छ ।
छाेरीलाई पनि अार्थिक रूपमा सक्षम बनाउनु पर्छ भन्ने उदेश्यसहित वैंक तथा वितीय संस्थामा बाल बचत खाता खाेली गाउँपालिकाकाे तर्फबाट अनुदानकाे व्यवस्था मिलाउने छ । त्यसैगरी गाउँपालिकाकाले गाउँपालिका वासीलाई सर्पले टाेकी बाहिर उपचार गर्न लानु पर्ने अवस्था रहेमा उपचारमा लाग्ने सम्पुर्ण खर्च गाउँपालिकाले व्यवस्था मिलाउने छ । एक सहकारी एक उत्पादन अभियान सञ्चालन गरि साझेदारीकाे रूपमा सहकारीलाई उत्साहित गर्दै कृषि तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्ने छ ।
साथै गाउँपालिकाकाे गत अार्थिक वर्ष २०७८/७९ मा सार्वजनिक गरेकाे धेरै नीति तथा कार्यक्रमहरूलाई प्राथमिकताकाे अाधारमा निरन्तरता दिएकाे छ । एक घर एक दुधालु गाई, दीर्घ राेगी नागरिकलाई उपचार खर्च उपलब्ध गराउने, दुःखकाे साथी, भराेसा राखाैं गाउँपालिका माथिलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिईएकाे छ ।

त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुंवरले अार्थिक वर्ष २०७९/८० काे वजेट प्रस्तुत गरेकी थिईन । उपाध्यक्ष कुंवरले गाउँपालिकाकाे अार्थिक वर्ष २०७९/८० काे लागि ४७ कराेड २८लाख ८९ हजार ३ सय ७० रूपैयाँ अनुमानित वजेट प्रस्तुत गरेकी थिईन्। गाउँसभामा हागामी अार्थिक वर्षकाे अाय -व्ययकाे अनुमान विवरण प्रस्तुत गरेकी हुन् ।
उनले चालू व्यय तर्फ २५ कराेड ८६ लाख २३ हजार, पुजीँगत तर्फ २१ कराेड ४२ लाख ६६ हजार ३ सय ७० रूपैयाँ प्रस्तुत गरेकी थिईन । अाय तर्फ नेपाल सरकार समानिकरण अनुदान १३ कराेड ३६ लाख, सशर्त अनुदान १८ कराेड ९३ लाख, राजस्व बाँडफाँड संघिय सरकार ९ कराेड ६२ लाख ३२ हजार, प्रदेश सरकार समानीकरण अनुदान ७२ लाख २४ हजार, सशर्त अनुदान २६ लाख २३ हजार, राजस्व बाँडफाँड प्रदेश सरकार ९२ लाख १० हजार ३ सय ७९ हजार रूपैयाँ र अल्या आन्तरिक श्राेत रू २ कराेड ७ लाख रहेकाे उपाध्यक्ष न्याैपानेले सार्वजनिक गरेकी थिईन ।

सभालाई सम्बाेधन गर्दै उपाध्यक्ष न्याैपानेले अार्थिक वर्ष २०७९/८० का लागि गाैरीगंज गाउँपालिकाकाे प्रशासनिक तथा कार्यालय सञ्चालन तर्फ ७ कराेड, पुँजीगत तर्फ २ कराेड २५ लाख, कृषिमा ७५ लाख, पशुसेवामा ३५ लाख, पर्यटनमा २ लाख, सहकारीमा ३ लाख, शिक्षामा २ कराेड, स्वास्थ्यमा १ कराेड १० लाख, युवा तथा खेलकुदमा १५ लाख, पुर्ण सरसफाईमा ३ लाख, शहरी विकासमा २० लाख, सडक र पुल निर्माण २ कराेड १५ लाख, भवन निर्माणमा २५ लाख, विद्युतमा ५१ लाख रूपैयाँ वजेट विनियाेजन भएकाे सार्वजनिक गरेकी थिईन ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : ३६ बजे