१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे लाेकनाथ अतिथि सेवा सदनकाे चाैथाे वार्षिक साधारण सभा सम्पन्न


२५ मंसिर २०७६, बुधबार  

0
Shares

20191211_191833

गाैरीगंज २५, मंसिर / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित लाेक सेवा सदनकाे चाैथाे वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष श्यामकृष्ण चाैधरीले संस्थाकाे बार्षिक प्रतिवेदन पेश गर्दै संस्थाकाे नाममा रहेकाे गाैरीगंज वार्ड नं. ३ काे १५ कठ्ठा साढे ७ धुर जग्गा मध्ये दुवै तर्फबाट बाटाेले काटी जम्मा ८ कठ्ठा १० धुर जग्गा मात्र बाकी रहेकाेमा उत्त जग्गा भवन, बाल उद्यान, लक्ष्मीनारायण मन्दिरका साथै पार्किङ स्थल समेत आवश्यक पर्ने भएकाे हुदा उत्त जग्गा अपुग हुने भएकाले गाैरीगंज वार्ड नं. ६ मा १ विघा ५ कठ्ठा जग्गा सट्ठा गरि भवन निर्माण गर्ने प्रतिवेदनमा उल्लेख गरिएकाे छ । संस्थाका काेषाध्यक्ष कमल प्रसाद राजवंशीले लाेकसेवा सदनकाे आ.व. २०७६/०७७ मा आम्दानी खर्च ६ लाख ३२ हजार रहेकाे आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष चाैघरीले आफ्ना हजुरबाजे लाेकनाथ चाैधरीकाे नाममा कृति रहाेस् भनी पारिवारिक सल्लाह बमाेजिम लाेकनाथकाे नाममा ट्रस्ट संस्था दर्ता गरि संस्ता दर्ता ऐन २०३४ बमाेजिम दर्ता गरिएकाे बताए । संस्थाकाे नाममा दर्ता रहेकाे जग्गा अतिथि सदन निर्माण स्थलकाे जग्गा बाहेक माेहीयानी जग्गा रहेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ४ मा रहेकाे १ विघा १२ कठ्ठा १२ धुरमा वसन्त ताजपुरियाकाे नाममा माेही रहेकाे छ भने १ विघा १० कठ्ठा ३ धुर जग्गामा हाैला ताजपुरिया, ३ विघा ३ कठ्ठा २ धुर जग्गामा रेबती/ पुसन्दर ताजपुरिया, ६ कठ्ठा १ धुरमा गिरजु ताजपुरिया, १ विघा ३ कठ्ठा २ धुरमा जाेगलाल ताजपुरिया, ६ कठ्ठा ६ धुरमा टाेपलाल ताजपुरिया, ४ कठ्ठा ६ धुरमा मेघलाल ताजपुरिया, १ कठ्ठा ६ धुुुुुरमा नारायण प्रसाद ताजपुरिया, ५ कठ्ठा १ धुरमा कामदेव ताजपुरिया, ५ कठ्ठामा अगम ताजपुरिया, १८ धुरमा डाली ताजपुरियाकाे नामा माेहियानी रहेकाे छ ।
लाेकसेवा सदनका अध्यक्ष श्याम कृष्ण चाैधरीकाे सभापतित्वमा सम्पन्न साधारण सभामा गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का वार्ड अध्यक्ष बद्रीनारायण यादव प्रमुख अतिथि रहेका थिए ।
साधारण सभामा समाजसेवी डमनप्रसाद राजवंशी, गाैरीगंज गाउँपालिका वार्ड नं. १ अध्यक्ष कार्तिकलाल राजवंशीलगायतले बाेलेका थिए भने कार्यक्रममा वार्ड नं. २ का अध्यक्ष अघनु राजवंशी, ५ का अध्यक्ष विजयप्रसाद सिंह गन्गाई, फुलवती राजवंशी, पर्वत राजवंशी, विश्वराज रिजाल, देवीप्रसाद राजवंशीलगायतकाे सहभागिता थियाे । कार्यक्रमकाे स्वागत नाैताली राजवंशीले गरेका थिए भने सञ्चालन नरेश राजवंशीले गरेका थिए ।
उता गाैरीगंज गाउँपालिकाले दान दिईसकेकाे जग्गालाई संस्थाले सट्टापट्टाकाेे नाममा बेच्न खाेजेकाे भन्दै उच्च अदालत इलाममा मुद्दा दर्ता गरेकाे थियाे । तर मंसिर ८ अदालतले संस्थाकाे पक्षमा फैसला गर्दै उत्त जग्गा पारिवारिक ट्रस्ट भएकाे हुदा संस्थाले चाहेमा साधारणसभाबाट निर्णय गरि जग्गा सट्टापट्टा गर्ने सक्ने भनी फैसला सुनाएकाे छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १ : ४७ बजे