१ असार २०८३, सोमबार | Tue Jun 16 2026

नेेपाली कांग्रेसकाे पुस १३ गते देशभर विराेध प्रदर्शन


११ पुस २०७७, शनिबार  

0
Shares

काठमाडौं ११, पुस / नेपाली कांग्रेसले सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन गरेको विरोधमा प्रदर्शन गर्ने भएको छ। 

पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सोमबार हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। 
संसद विघटनको असंवैधानिक कदमविरूद्ध एक सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ। 
‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु,’विज्ञप्तिमा भनिएको छ,’संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ।’ 

सभापति देउवाका अनुसार सोमबार हुने प्रदर्शन उनी आफैंले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गरेका थिए। 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : ३५ बजे